६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

वीरमा उपचाररत माओवादी केन्द्रका सचिव आचार्यलाई प्रधानमन्त्रीले भेटे

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई भेटेका छन्।

वीर अस्पतालमा उपचाररत आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल आज अस्पताल पुगेका थिए।

पार्टीको रुपान्तरण अभियान अन्तर्गत अछामको साँफेबगरको कार्यक्रममा सहभागी हुन गएका बेला आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलवार उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज हुँदै बुधवार वीर अस्पताल ल्याइएको थियो।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसारमा आचार्यको दायाँ भाग नचल्ने र बोली ननिस्किने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। हाल उनको स्वास्थ्यमा कुनै जोखिम नरहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित: १८ आश्विन २०८० ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App