१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नेपालगञ्जमा लगाइएको कर्फ्यु हट्यो

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको हो।

आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आर्चाले बताएका छन्।  

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको उनले बताए।

बुधवारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो।  

कर्फ्यूका कारण सास्ती

जिल्ला प्रशासन कार्यालय बाँकेले तीन दिनदेखि कर्फ्यू लगाउँदा बाँकेको जनजीवन भने प्रभावित बनेको थियो।  

दैलेखका महेन्द्र खत्री भारतको सिमलाबाट दसैं मनाउन घर फर्कंदै थिए। भारतको रूपैडिहा आइपुगेपछि उनले नेपालगन्जमा कफ्र्यु लागेको थाहा पाए। बसबाट ओर्लिए पनि उनी अगाडि बढ्नै सकेनन्, रूपैडिहामै बसे। ‘दिनभरि रातभरि रूपैडिहामै बसेर बितायौं । नेपालतिर प्रवेश गर्न खोज्दा नेपालगन्जतिर खतरा रहेको भन्दै पुलिसले रोक्यो,’ महेन्द्रले नागरिकसँग भने। करिब पाँच महिनाअघि स्याउ टिप्ने कामका लागि उनी भारत, हिमाञ्चल प्रदेशको सिमला भन्ने ठाउँमा पुगेका हुन्। दसैं मनाउन अहिले घर फर्किंदा बाटोमा धेरै दुःख पाएको उनले दुखेसो पोखे ।  

उनको जस्तै पीडा छ, हिमाञ्चलबाट फर्केका जाजरकोट जुनीचाँदीका गोरख नेपालीको पनि। दसैं मनाउन घर फर्किंदै गर्दा उनले नेपालगन्जमा कफ्र्यु लागेको कुरा बीच बाटामा मात्र थाहा पाए। बसले रूपैडिहा पु¥याएपछि उनी अलमलमा परे। ‘नेपालगन्जतिर जाऊँ त कफ्र्यु लागेको छ, नजाऊँ त बीच बाटामा कहाँ बस्ने ?’ उनको मनमा यस्तै कुरा खेल्न थाले। आफूसँगै फर्केका अन्य नेपाली दाजुभाइसहित गोरख नेपाल–भारत सीमा नाकामा पुगे। उनीहरू घन्टौंसम्म नाकामै रोकिए। ‘नाकामा घन्टौंसम्म बसेर रोयौं, करायौं, त्यसपछि मात्र नेपाल प्रहरीले सीमा खोल्यो,’ उनले भने ।

भारतको हिमाञ्चलबाट फर्किंदा बीच बाटामा पाएको सास्ती दाङका हेमराजका लागि अविस्मरणीय क्षण बनेको छ। ठाउँ–ठाउँमा भारतीय प्रहरीबाट सास्ती पाएका उनले आफ्नै देशमा पनि सहज रूपमा प्रवेश हुन पाएनन्। नेपालगन्जमा लागेको कफ्र्युका कारण घन्टौंसम्म उनी सीमा क्षेत्रमा रोकिन बाध्य भए। ‘यसपटक घर फर्किंदा बाटामा धेरै सास्ती पाइयो,’ उनले भने, ‘यस्तो दुःख अब कहिल्यै पनि भोग्नुनपरोस्।’ उनीहरूजस्ता थुप्रै नेपालीले सास्ती पाए।  

नेपालगन्जमा तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबारदेखि अनिश्चितकालीन कफ्र्यु लगाएको थियो।  

प्रकाशित: १८ आश्विन २०८० ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App