४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङको तिरिङ्गेमा बोलेरो दुर्घटना, चालकसहित १३ जना घाईते

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेबाट पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाईते भएका छन्।  

तिरिङ्गेको भित्रि सडक खण्डमा मे १ ज २१८६ नम्वरको बोलेरो सडकबाट अन्दाजी ७० मिटर तल झरी दुर्घटना हुँदा घाईते भएका सबैको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन मुदेलले जानकारी दिए।  

उनका अनुसार दुर्घटनामा परी बोलेरो चालक ताप्लेजुङ जिल्ला पाथिभरा याङवरक गापा–३ तिरिगेका २१ बर्षिय भक्त कार्की,सोहि ठाउँका ७० बर्षिय धनबहादुर डाँगी,६२ बर्षिया फुलमाया बस्नेत,२२ बर्षिय कर्णबहादुर भट्टराई,३० बर्षिय बिमला डाँगी र ६ बर्षिया युनिसा बस्नेत रहेको प्रहरीले जनाएको छ। 

यस्तै सोहि ठाउँ बस्ने ४१ बर्षिया ललिता भट्टराई,२२ बर्षिय कुमार भट्टराई,३७ बर्षिय मानबहादुर बस्नेत,३८ बर्षिय चन्द्रबहादुर कार्की र झापा बाह्रदशी गाउँपालिका वडा नं २ बस्ने ४१ बर्षिय कर्णबहादुर कार्की रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: ९ आश्विन २०८० ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App