४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आज देशका चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको हुँदा देशका चार प्रदेशमा मौसम बदली रहने छ।

महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने  जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले देशका विभिन्न स्थानमा मौसम बदली भइ वर्षाको सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न सबैलाई आग्रह गरेको छ।

प्रकाशित: ६ आश्विन २०८० ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App