१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लेक लागेर एक जनाको मृत्यु

विराटनगर- सोलुखम्बुमा सोमबार लेक लागेर एक जनाको मृत्यु भएको छ। सोलुखुम्बु जिल्लाको माहाकुलुङ–४, गुदेल बस्ने ४३ वर्षीय कवारकुमार राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

सोही गाउँपालिका–३ स्थित ‘मेरा बेस क्याम्प’मा पाँच दिनअघि ट्रेकिङमा गएका उनी बिरामी भएका थिए । उनलाई उपचारका लागि घरतर्फ ल्याउने क्रममा थाम्माकमा मृत्यु भएको थियो ।

प्रकाशित: १७ आश्विन २०७४ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App