१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित

बागलुङ नगरपालिका-१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्ण रूपमा भत्किएर  परिवार विस्थापित भएको छ।

नाली निर्माणका क्रममा चर्किएको घर गए रातिको वर्षाका कारण पूर्ण रूपमा भत्किएको हो। बागलुङ नगरपालिकाले अहिले मरेपीपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गरिरहेको छ।

नाली विस्तारका लागि जग खन्ने क्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो। नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो।

दुई तले कच्ची घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताए। आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पुर्‍याउने आश्वासन दिएको छ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गरेका थिए। खड्काले विपन्न समुदायलाई घर बनाउन विपद् शाखामार्फत सहयोग गरिरहेको बताउँदै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमताअनुसार सहयोग गर्नेगरी कार्यपालिकाको बैठकमा लैजाने बताए।

बागलुङ नगरपालिकाका इञ्जिनियर तथा विपद् शाखाका संयोजक गौरव शर्माले नगरपालिकाले नाली विस्तारका क्रममा कच्ची घरभित्र बर्खाको पानी परेका कारण घर भत्किएको बताउँदै क्षतिपूर्तिको मूल्याङ्कन अनुसार घर बनाउन सहयोग गर्ने बताए।

अहिले सापकोटाको घरबाट पुरिएका सामग्री निकाल्न स्थानीयले सहयोग गरिरहेको बालमन्दिर टोल विकास संस्थाका अध्यक्ष खिमराज सापकोटाले बताए। सापकोटाको परिवारलाई घर बनाइदिन आवश्यक छ, टोल विकासको समन्वयमा नगरपालिका र जिल्ला प्रशासनमा निवेदन दिएका छौं’, उनले भने, घर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।’

सापकोटाका अनुसार टोल विकास संस्था र स्थानीयको सहयोगमा भत्किएको घर पन्छाउने कार्यमा जुटिरहेको बताए। सापकोटालाई रेडक्रसमार्फत खाद्यान्न समेत उपलव्ध गराइएको छ।

प्रकाशित: ५ आश्विन २०८० ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App