७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बन्छ त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ? के भन्छिन् मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६मा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गरिछाड्ने बताएकी छिन्। ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुङ्गो लगाई छाड्ने बताईन्। नारायणी नदी किनारमा भएको बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रामलाई सम्बोधन गर्दै दाहालले यस आर्थिक बर्षमा निर्माणको काम आगडि बढ्ने दाबी गरिन्।

‘रंगशाला हामै पालामा बन्छ,उनले भनिन्,‘हामी बनाउछौँ। रंगशाला निर्माण गर्ने महानगरको प्रमुख ऐजेण्डा पनि हो। अहिले स्टीमेटको काम भईरहेको छ।’ प्रमुख दाहालले गत आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकामा ऋण तिर्नका लागि १२ करोड रुपैयाँ आएको भएपनि समय अभावले ऋणीलाई दिन नसक्ने अवस्था सिर्जना भएको दाबी गरिन्।

रंगशालामा स्टीमेट तयारका लागि धमाधम सरसफाईको काम पनि भइरहेको छ। स्टीमेट तयार गरेपछि यही आर्थिक वर्षमा बाँकी काम अगाडि बढ्ने छ। ‘मेयरले केही महिनाअघि रंगशाला बन्छ । ढुक्क हुनु होस् भन्नुभएको थियो’ उनले भनिन् ‘के हुँदैछ भनेर खबरदारी र चासो चिन्ता व्यक्त गरेको सन्देश आफुले पाएको छु।’ उनले एक दुई दिनमा बस्ने मन्त्रिपरिषदको बैठकको निर्णयले १२ करोड रुपैयाँ ऋण तिर्नको लागि महानगरपालिकामा पठाउने जानकारी जानकारी गराइन्। महानगरपालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी ऋण तिर्नुपर्ने व्यक्तिको पहिचान र भरपाई तथा भुक्तानी गर्ने उनले बताईन्। रंगशाला निर्माण गर्न वागमती प्रदेश र भरतपुर महानगरले चरणवद्ध रुपमा अगाडि बढाउने योजना छ। प्याराफिट निर्माण गरी अन्तर्राष्ट्रिय खेलकुदहरु सञ्चालन गरिने प्रमुख दाहालको भनाई थियो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भएको छ। ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले रोके काम रोकेका थिए। २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपति लगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि बढेको थियो। सर्वसाधारणबाट पैसा संकलन हुन छाडेपछि दुई बर्षदेखि नै रंगशाला निर्माणको काम अलपत्र छ। त्यहाँ उठाइएका पिल्लरका रडमा खिया लागेको छ। घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ।  

प्रकाशित: २९ भाद्र २०८० १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App