४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आज निजामती सेवा दिवस मनाइँदै

आज निजामती सेवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि.सं. २०६२ भदौ २२ गतेबाट मात्र यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।

वि.सं. २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो। हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।  

दिवसको अवसर पारेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ। दिवसका अवसरमा आज बिहान प्रभातफेरी निकाल्नेदेखि निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ।

सरकारले दिवसको अवसरमा एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने छ।  

प्रकाशित: २२ भाद्र २०८० ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App