६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धरानमा निषेधाज्ञा जारी

सुरक्षा संवेदनशिलता र जनस्वास्थ्यको संकटलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा आज मध्यरातीदेखि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज (शुक्रबार) राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गरेकी हुन्।

उक्त समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषेधाज्ञा जारी गरेको छ। आदेश विपरीत भएमा वा अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने पनि उल्लेख छ।

प्रशासनले निषेधाज्ञा जारी गरेको क्षेत्रमा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ पर्ने झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम रामधुनी नगरपालिका ६ नम्बरबाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फ पनि निषेधाज्ञा जारी गरेको छ। यस्तै, इटहरी वडा नं २० पर्ने तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं ५ प्रवेश गर्ने पुर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी भएको हो।

प्रशासनले धरानलाई डेंगीको कारण जनस्वास्थ्यको आपतकालिन अवस्था क्षेत्र घोषणा गर्ने गरि सिफारिश भइसकेको अवस्थामा धार्मिक, साम्प्रदायिक, जनस्वास्थ्य तथा सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै निषेधाज्ञा जारी गरेको जनाएको छ।  

प्रकाशित: ८ भाद्र २०८० ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App