४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी–कैदीबन्दी झडपमा १७ घाइते, २७ फरार (अपडेट)

बालसुधार गृहमा झडपपछि सडकमा निस्किएर प्रदर्शन गर्दै युवा। तस्बिर साैजन्यः कमल प्रसाइ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार २२१ कैदीबन्दी फरार भएकोमा साँझसम्म १९४ जना पक्राउ परेका परेका छन्। २७  फरारको खोजी भइरहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।

बालसुधार गृहमा कैदी जीवन बिताइरहेका मन्थली नगरपालिका–३ कठजोरका कमल बस्नेतको आइतबार रहस्यमय मृत्यु भएको थियो। बेहोस भएपछि अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।  

बस्नेतको मृत्युपछि उनका आफन्तले आइतबारदेखि बाल सुधार गृहको गेटअगाडि विरोध प्रदर्शन गर्दै आएका थिए। सोमबार स्थिति तनावपूर्ण बनेको थियो। बाल सुधार गृह गेटबाहिर पीडितका आफन्त र भित्री कैदीबन्दीले विरोध गर्दा स्थिति उग्र बनेको थियो । कैदीबन्दी जबर्जस्त गेटबाहिर आउन खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। सोहीक्रममा झडप हुँदा सुरक्षाकर्मीले गोलीचलाएको थियो।  

गोली प्रहारपछि थप आक्रोशित भएका कैदीबन्दीले प्रहरी लखेट्नुका साथै बाहिर निस्केर भागेका थिए। झडपका क्रममा १७ जना घाइते भएका छन्। उनीहरूको नागरिक कम्युनिटी टिचिङ हस्पिटल गट्ठाघरमा उपचार भइरहेको छ। अस्पतालले दिएको जानकारीअनुसार उपचारपछि एकजना घर फर्किएका छन्। १६ जनाको उपचार भइरहेकोमा प्रहरी ११ जना र कैदी ६ जना रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार केहीको टाउकोमा गम्भीर चोट लागेको छ। जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा आइतबार अपराह्न बैठक बसेको थियो। बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानबिन समिति गठन गरी घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

प्रकाशित: ५ भाद्र २०८० ००:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App