४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाली युवकको भारतीय भूमिमा भेटियो शव

एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ।

दशगजा नजिकै भारततर्फ हुसेनको शव खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी गराएका छन्।पारिवारिक स्रोतलाई हवाला दिँदै एसपी सुवेदीले मृतक हुसेन लागू औषध प्रयोगकर्ता रहेका छन् ।

युवक हुसेनको शव फेला परेको खबर आएपछि नेपाल प्रहरी सक्रिय भएको थियो।परिवारजनले युवकको शवलाई बुझिसकेको प्रहरीको भनाइ छ।

सीमावर्ती क्षेत्रमा लागू औषध प्रयोग गर्नेको संख्या बढ्दै गएको छ।नेपालतिर लागू औषध सेवनमा कडाइ गरिएपछि ठूलो संख्यामा नेपालीहरू भारततिर लागू औषध सेवन गर्न जाने गरेको स्थानीयको भनाइ छ।

प्रकाशित: १ भाद्र २०८० १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App