७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

‘पुड्के ओखेडाको घर भत्काएको घटना बंग्याइयो’

बझाङ बित्थेडचौरमा जातीय विभेदका कारण घर भत्काएको उजुरीलाई प्रशासनले बंग्याएको दाबी गरिएको छ। यही साउन १० मा बझाङको बित्थडेचौर-७ स्यालढुंगाका पुड्के ओखेडाको घर स्थानीय ब्राह्मण जातिको समूहले भत्काएको थियो। घटनापछि कारबाहीका लागि दिइएको उजुरीमा जातीय विभदेका कारण भनी खुलाइए पनि स्थानीय प्रहरी प्रशासनले घटना बंग्याएर ‘अभद्र व्यवहार गरेको’ बनाएपछि पीडित पक्षले प्रशासनप्रति आपत्ति प्रटक गरेका छन्।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्दै संविधान सभा सदस्य अखिलाल ओखेडा, पूर्व संविधान सभा सदस्य आशाकुमारी विक, बझाङवासी धनलाल चँदरा, आरविक्रम ओखेडा, नेपाल दतिल मुक्ति संगठनका गणेश विश्वकर्मा, नेपाल दलित संगठनका श्याम सुनार, दीपा नेपाली, प्रेम विश्वकर्माले संयुक्त पत्रकार सम्मेलन गरी पीडकका पक्षमा उभिने गरी प्रहरी प्रशासनले चालेका कदम तथ्यविपरीत भएकाले दोषीउपर कडा कारबाहीको माग गरेका छन्। कारबाही नभए उत्रिने चेतावनीसमेत दिइएको छ।

घटना विवरणअनुसार गत साउन १० मा स्थानीय ब्राह्मण बस्तीनजिकै बन्दै गरेको पुड्के ओखेडाको घर सामूहिक रूपमा भत्काइयो। कथित तल्लो जातिले आफ्नो बस्तीमा घर बनाएको भन्दै गालीगलौज गरी घर भत्काएको, जग्गामा लगाइएको बालीनाली नष्ट गरी गाईबस्तुलाई दिएको यथार्थ घटना भएकाले सोही अपराधबमोजिम कारबाही हुनुपर्ने उनीहरूले माग गरेका छन्। स्थानीय श्यामकृष्ण जोशी, भवानी जोशी, कित्थे जोशीसहित ४० जनाको समूहले पुड्केमाथि कुटपिटसमेत गरी घर भत्काएको थियो।

बझाङ बित्थेडचौरमा जातीय विभेदका कारण घर भत्काएको उजुरीलाई प्रशासनले बंग्याएको दाबी गरिएको छ। यही साउन १० मा बझाङको बित्थडेचौर-७ स्यालढुंगाका पुड्के ओखेडाको घर स्थानीय ब्राह्मण जातिको समूहले भत्काएको थियो।

पीडितउपर नै अन्याय हुने गरी प्रहरी प्रशासनले कारबाही अघि बढाएकोमा संविधान सभा सदस्य अखिलालले आपत्ति जनाए। उनले घर भत्काइएको घटनाका विषयमा लालपुर्जा नभएको र सार्वजनिक जग्गामा बनाइएको घर भत्काएको भन्नेतिर घटनालाई व्याख्या गरिनुले प्रहरी प्रशासनबाटै पीडितलाई थप विभेद भएको ओखेडाले बताए।

‘पुड्केले २५ वर्षअघि किनेको जग्गामा घर बनाएका हुन्, कुनै सार्वजनिक जग्गामा हैन। प्रहरीले मुद्दा चलाउन नमिल्ने भन्ने कुरा जानकारी आएको छ, यो सत्य हो भने हामी आन्दोलनमा उत्रिन्छौं’, उनले भने।

पुड्केका छिमेकी पालिकाका श्यामसुन्दर सुनारले सार्वजनिक दलित समुदायको एक्लो व्यक्ति देखेर घर भत्काइएको बताए। गाउँछेउमा रहेका पचासौंवटा घर ऐलानी जग्गा माथिल्ला जातिले भोगचलन गर्दै आएको र घर बनाएर बसेको स्थितिमा पुड्केमाथि गरिएको व्यवहार दलित भएकै कारण भएको उनले बताए।

अर्का छिमेकी तथा दलित अधिकारकर्मी आनन्द विकले पालिकाको वडा नं ६ मा रहेको पुड्केको त्यो पुख्र्यौली घर रहेको बताए। उनले भने, ‘२५ वर्षअघि पुड्केले वडा नं ७ मा जग्गा किनेका थिए। जग्गा भए पनि माथिल्लो जातका ब्राह्मणले बस्तीनजिक दलित समुदायको बस्ती बसाउन नदिएका हुन्।’

सोही क्रममा नेपाल दलित मुुक्ति संगठनका गणेश विश्वकर्माले बझाङको घटनालाई बंग्याएर अघि बढेकोमा आपत्ति प्रकट गरे। नेपालको धारा २९ मा कुनै पनि मान्छेलाई बैकल्पिक व्यवस्था हटाउन नपाइने व्यवस्था भएकोमा जानकारीविना अमानवीय व्यवहार गरिएकोमा उनले आपत्ति जनाए। प्रहरीले जातीय छुवाछूत तथा भेदभावविरुद्धको ऐनमा टेकेर मुद्दा दायर गर्न अस्वीकार गरेकाले रक्षक नै भक्षक भएको उनको भनाइ छ।

बझाङको घटना विषयमा अनेरास्ववियुले आइतबार बिहान बालुवाटारमा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। घटनाको जानकारी पाएपछि दोषीउपर कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको राष्ट्रिय दलित आयोगले जनाएको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माका अनुसार घटनाको यथार्थबमाजिम कारबाही गर्न निर्देशन दिएको छ।

जातीय विभेदका घटनामा प्रहरीबाटै असहयोग

आइतबार नै पत्रकार सम्मेलनमा पुगेका कैलाली गैरीगंगा-७ की सरस्वती खड्गा र गोदावरी– ९ का सुरेश विश्वकर्मा जोडीले पनि प्रहरीबाट असहयोग भएको गुनासो गरे। उनीहरूको गत फागुनमा अन्तरजातीय विवाह काठमाडौंमै बस्ने क्रममा भएको थियो।

बाटोमा सरस्वतीको जोडी र उनको बुबाबीच भेट भयो। उनले दुवैलाई कुटपिट गरे र पुनः गौशाला प्रहरीकहाँ पुर्‍याए। प्रहरीले सुरेश र सरस्वतीलाई क्षेत्रीकी छोरी भएर कामीसँग विवाह गर्ने भन्दै गालीगलौज गर्‍यो। पुनः मालीगाउँ प्रहरीमा सरस्वतीका बुबाले उजुरी दिएपछि मालीगाउँ प्रहरीले पनि सुरेशलाई थुनेर सरस्वतीलाई बुबासँग जान सुझायो, तर सरस्वतीले टेरिनन्।

आइतबार नै पत्रकार सम्मेलनमा पुगेका कैलाली गैरीगंगा-७ की सरस्वती खड्गा र गोदावरी-९ का सुरेश विश्वकर्मा जोडीले पनि प्रहरीबाट असहयोग भएको गुनासो गरे। उनीहरूको गत फागुनमा अन्तरजातीय विवाह काठमाडौंमै बस्ने क्रममा भएको थियो।

भोलिपल्ट पुनः भक्तपुर प्रहरीमा पठाइयो। भक्तपुर प्रहरीले पनि बस्दै आएको कोठामा पुर्‍याउन प्रस्ताव राख्यो, तर सरस्वतीले मानिन्। नमानेपछि प्रहरीले बाहिर निकाल्यो। सरस्वतीका बुबा उनीहरूका डेरामा पुगे। भोलिपल्ट साँझ आमा पुगिन्। परिवार सुरेशमाथि कुटपिट हुने डरले त्यो रात अन्यत्रै लुकेर बसे। पर्खालबाट भित्र पस्न लागेपछि घरबेटीले उल्टै सरस्वतीको परिवारविरुद्ध उजुरी दिएर प्रहरीकहाँ पुर्‍यायो। त्यसपछि पनि आफू असुरक्षित रहेको सरस्वतीले बताइन्। उनले आइतबार सञ्चारकर्मीमाझ भनिन्, ‘प्रहरीबाटै जातीय विभेदका घटनाका पीडकलाई सुरक्षा दिने काम भइरहेको छ।’

जातीय विभेदका घटनामा प्रहरीको असहयोग हुने गरेका घटना धेरै पाइएको राष्ट्रिय दलित आयोगको अनुभव छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माका अनुसार प्रहरीमा पुगेकामध्ये ९० प्रतिशत घटनामा प्रहरीले असहयोग गरेको देखिन्छ।

प्रहरी असहयोगका कारण ९० प्रतिशत घटनाले न्याय पाउँदैनन्। कतिपय अवस्थामा पीडितलाई नै डर देखाएर बयान फेर्ने स्थिति बनाउने गरेको देखिन्छ। जातीय छुवाछूत र जातीय विभदेका हिंसामा पनि आरोप लगाउने गरिएको अध्यक्ष विश्वकर्मा बताउँछन्। ‘प्रहरीले हरेक घटनामा पीडक उम्किने गरी कारबाही प्रक्रिया अघि बढाउने गरेको पाइन्छ’, उनले भने। यस्ता घटनामा स्थानीय सरकार र प्रहरीको उच्च निकायबाट प्रभावकारी भूमिका हुनुपर्ने अध्यक्ष विश्वकर्माले सुझाए।

प्रकाशित: १५ श्रावण २०८० ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App