७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कालिखोलामा पुनः पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडक खण्ड अवरूद्ध

केही समय अघि खुलेको नारायणगढ मुग्लिङ सडक खण्ड  पुनः अवरूद्ध भएको छ। कालिखोलामा पुनः सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

बिहान करिब ७ बजेतिर चितवन ईच्छाकामना गा.पा.-६  नारायणगढ मुग्लिङ सडक खण्डको कालिखोलामा माथिबाट सुख्खा पहिरो खसेर सडक दुबैतर्फ अवरूद्ध भएको हो। त्यसअघि राति १ बजे खसेको पहिरोले बाटो अवरूद्ध भएको थियो।  

सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको थियो।  

प्रकाशित: १३ श्रावण २०८० ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App