४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन तस्करीको ‘राडर’मा देखिएका अडुकियालाई कसले भगायो

राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन्। विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन्। सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो। त्यसक्रममा केही कागजात बरामद भए पनि उनी फेला परेनन्।

विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए। हङकङबाट गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यनी फरार हुने अवस्था आएको हो। उनीसँगै शंकाको घेरामा देखिएका व्यापारी दीपक मल्होत्राले सुन तस्करीमा आफू संलग्न नरहेको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए। ‘सुन तस्करीमा संलग्न देखिँदादेखिँदै विभागले पक्राउ गर्न ढिलाइ गर्दा अडुकिया फरार भएका हुन्,’ विभागकै एक कर्मचारीले भने। उनका अनुसार तथ्य र प्रमाण जुटाउन समय लागेकाले अकुडियाले फरार हुने मौका पाएका हुन्।

हङकङबाट आएको सामानमा सुन आएको सुराकी पाएपछि राजस्वले रेडी ट्रेडको सोरूममा समेत छापा मारेको थियो। ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत आएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकियाको संलग्नता देखिएको हो। सोही आधारमा बुधबार साँझ राजस्व अनुसन्धान विभागले उनको कमलपोखरीस्थित निवासमा छापा मारेका थियो।

राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन्। विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन्।

स्रोतका अनुसार हङकङको काउलिन सिटीमा उनको कार्यालय छ। उनी मात्र होइन, यसअघि सुन तस्करीमा मुछिएका व्यापारीहरूको पनि हङकङमा कार्यालय रहेको र त्यहीबाट सुन तस्करीमा सहयोगी भूमिका निभाउने गरिएको स्रोतको दाबी छ। ‘अहिले अनुसन्धान भइरहेको छ। तथ्य र प्रमाणकै आधारमा अनुसन्धान हुन्छ कोहीकसैलाई आरोप लगाउन अनुसन्धानमा तोडमोड हुँदैन,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने।

व्यापारी अडुकिया गत अप्रिल १३ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएको, त्यहाँबाट हङकङ पुगेको र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट काठमाडौं आएको ‘ट्राभल हिस्ट्री’ छ।

त्यसैगरी जुन २६ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा उनी दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगेका थिए। १२ दिनको बसाइपछि जुलाई ५ मा हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानबाट काठमाडौं आइपुगेका थिए। त्यसलगत्तै नेपालमा सुन बरामद भएको थियो।

व्यापारी अडुकिया गत अप्रिल १३ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएको, त्यहाँबाट हङकङ पुगेको र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट काठमाडौं आएको ‘ट्राभल हिस्ट्री’ छ।

‘उहाँको यात्रा विवरण हेरेका छौं। यो यात्रा नै शंकास्पद रहेको छ। उहाँको विगत नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिँदाको ट्र्याक रेकर्ड सकारात्मक छैन। साथै नेपालको सेयर बजारमा समेत उहाँको अवस्था सुदृढ देखिएको छैन।

उहाँकै योजनामा कम्पनी खुलेको देखिन्छ। बाँकी अनुसन्धान हुँदैछ,’ विभागका एक कर्मचारीले भने। त्यसअघि विभागले उपलब्ध गराएको अर्को विवरणअनुसार अडुकिया मे २६ मा काठमाडौंबाट हङकङ गएको र त्यसको पाँच दिनपछि मे ३० मा काठमाडौं आएका थिए।

 गत जनवरी १४ मा पनि उनी हङकङ गएका थिए। एक साता बसेर उनी जनवरी २१ मा क्याथे प्यासिफिकमै काठमाडौं फर्केका अडुकियालाई विभागले सुन बरामद गरेकै दिन शंकाको घेरामा राखेको थियो।

सुन बरामद भएपछि उनका छोरा भागेर दिल्ली पुगेको स्रोतको दाबी छ। आफ्ना विषयमा पनि समाचार प्रकाशित हुन थालेपछि उनी फरार भएको आशंका गरिएको छ। विगतमा उनी गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा मुछिएका थिए।  २०६५ सालअगाडिसम्म उनी सेयर बजारमा सक्रिय थिए।

तत्कालीन लक्ष्मी बैंकका सञ्चालक राजेन्द्र खेतान आफन्त रहेका अडुकियाले गोरखा बैंकमार्फत कमलादीमा फाइनान्सियल टावर बनाउने भनेर ९० करोड ऋण लिएपछि टावर नै नबनाई फरार भएका थिए।२०६५ सालपछि अडुकियाले वेल्थ एक्सचेन्ज नामक कमोडिटी मार्केटिङ कम्पनी खोलेका थिए।

विभाग स्रोतका अनुसार उनीसँगै अहिले आयात–निर्यातमा संलग्न दुई व्यापारी पनि जोडिएका छन्। विभागले उनीहरूका बारेमा पनि अनुसन्धान गरिरहेको र प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गर्ने तयारी गरेको जनाइएको छ।

विभागले चिनियाँ नागरिकले काठमाडौंको लाजिम्पाटमा लिएको भाडाको एक घरमा छापा मारेर सिलबन्दी गरेको छ। करिब एक सय किलो सुन आउनुअघि बालुवाटार र लाजिम्पाटमा कोठा भाडामा लिएर बसेका दुई विदेशी एक साताअघि नै पक्राउ परेका थिए।

गत जनवरी १४ मा पनि उनी हङकङ गएका थिए। एक साता बसेर उनी जनवरी २१ मा क्याथे प्यासिफिकमै काठमाडौं फर्केका अडुकियालाई विभागले सुन बरामद गरेकै दिन शंकाको घेरामा राखेको थियो।

भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लिनलाई विभागकै टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। रेडी ट्रेडका नामबाट मात्रै ३४ पटक सामान आइसकेको छ। त्यसमध्ये ३३ पटक हङकङबाट र एकपटक दुबईबाट सामान आएको देखिन्छ। १६०, १२०, ८०, ६० र ४० का दरले ब्रेक सु आएको भन्सार विभागले दिएको विवरणमा उल्लेख छ।

साथै त्यसको भन्सार दर समग्रमा ३ हजार ५४० अमेरकी डलर लिएर सो समान छाडिएको देखिन्छ। विभागले बरामद गरेको सुनसहितको ब्रेक सु आउनुअघि रेडी ट्रेडकै नाममा हङकङबाट ब्रेक सु, सेभर र मेकानिकल मोटर गरी १ हजार ९९७ केजी सामान आएको थियो। जसमा २ हजार ७०० थान सेभर एउटा मेकानिकल मोटर र १ हजार १८० थान ब्रेक सु ल्याइएको पाइएको छक। सेभर चीनको दोङ्गोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले पठाएको सो विवरणमा उल्लेख छ। साथै ५२ केजी तौल भएको मेकानिकल मोटर ताइवानको तालमड कम्पनीले पठाएको पाइएको छ। सामान्यतया पानी तान्ने मेसिनको तौल २० किलो हुने गर्छ। त्यसैगरी चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले ब्रेक सु पठाए पनि नक्कली भएको विभाग स्रोतले जनाएको छ।

विभागले अहिले १७ व्यक्ति नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विभागले अनुसन्धानका लागि तीन जना निर्देशकसहितको टोली खडा गरेको छ। विभागले उपसचिव मानबहादुर अर्यालको संयोजकत्वमा अनुसन्धान गरिरहेको छ। त्यसमा नेपाल प्रहरीबाट एसपी कृष्ण पंगेनीसहितको टिम पनि सहभागी भइरहेको छ।

सुन काण्डबारे छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ। राष्ट्रियसभा बैठकको प्रारम्भमै राष्ट्रिसभा एमाले प्रमुख सचेतक देवेन्द्र दाहालले सो घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताए।

 ‘यो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति बन्नुपर्छ, विश्वासिलो बनाउने हो भने संसदीय समिति गठन गर्दा पनि हुन्छ,’ उनले भने, ‘त्यसमा राष्ट्रियसभालाई पनि सामेल गर्नुपर्छ।’

यसबारे कुनै छानबिन नै भएन भने यस्ता घटना भइरहने सदन चलिरहने अवस्था आउने उनले बताए। गृहमन्त्रीले सुन काण्डमा कुनै टार र कोटलाई छाडिन्न भन्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए। ‘हात्तीसरहको एक सय केजी सुन हवाई मार्गबाट भित्रिँदा थाहा नपाउने सरकार खासगरी गृहमन्त्री माथि गम्भीर प्रश्न उठेको छ,’ उनले भने, ‘तर आफूले कुनै जवाफदेहिता लिन नपर्ने जस्तो गरी गृहमन्त्री निकै चुर्तीफुर्तीका साथ विमानस्थल जानुहुन्छ र कुनै टार कुनै कोटलाई छाडिँदैन भनेर मन्तव्य दिनुहुन्छ।’

प्रमुख प्रतिपक्षी दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ। राष्ट्रियसभा बैठकको प्रारम्भमै राष्ट्रिसभा एमाले प्रमुख सचेतक देवेन्द्र दाहालले सो घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताए।

विमानस्थलको सुरक्षा र भन्सारको सुव्यवस्थाका सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उनले बताए। उनले विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए।

विमानस्थलबाट अवैध सुन बाहिरिएको दिन विमानस्थल भन्सार प्रमुख र विमानस्थलका सुरक्षा प्रमुख पनि बिदामा बसेको पाइएको उल्लेख गर्दै उनले विमानस्थलको भन्सार र प्रहरी प्रमुखहरूसँगै बिदामा बस्नुले पनि सेटिङको आशंका गर्न सकिने ठाउँ रहेको बताए। गत साउन ३ गते ठुलो परिमाणमा विमानस्थलको बाटो हुँदै सुन तस्करी भएको उल्लेख गर्दै सांसद दाहालले नेपाल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको बताए।

दाहालले आफ्ना भनाइ राखेसँगै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शून्य समयमा बोल्ने क्रममा अगाडि बढाउन खोजेपछि एमालेले विरोध जनाएको थियो। सांसद दाहालले मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्न मात्रै आजको सदन सञ्चालन गर्न भनिएको उल्लेख गर्दै अन्य प्रक्रिया अगाडि नबढाउन माग गरे। एमालेको आग्रहपछि अध्यक्ष तिमिल्सिनाले शून्य समयमा सदस्यहरूले बोल्ने कार्य हटाएको जानकारी गराएका थिए।

प्रकाशित: १२ श्रावण २०८० ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App