१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आर्थिक अभावमा उपचारमा समस्या

सुर्खेत- कालिकोट राष्कोटकी चार वर्षीया बालिकाको आँखाको ट्यूमरको उपचारमा समस्या भएको छ। राष्कोट नगरपालिका–७ की मनसरा लुवारको आँखामा पलाएको ट्युमर बढ्दै गएपछि उनलाई उपचारमा समस्या भएको हो ।

आँखामा लागेको सानो चोटको समयमै उपचार नहुँदा अहिले ति बालिका समस्यामा छिन् । छ महिना अघि खेल्ने क्रममा मनसराको दाँया आँखामा चोट लागेको थियो । आँखामा लागेको घाउ अहिले क्यान्सरमा परिणत भएको छ । आँखा उपचार केन्द्र कालिकोटका इन्चार्ज डबल अधिकारीका अनुसार मनसराको आँखामा पलाएको ट्युमर काट्नुपर्छ । ‘पाँच महिना अघि नै सुविधासम्पन्न ठाउँमा लगेर जचाउन सुझाएको थिएँ’ अधिकारीले भने, ‘अहिले त अवस्था झन जटिल बनिसकेको छ।’

छोरीको अवस्था नाजुक बन्दै गएपछि मनसराका बुबा रने लुहार अहिले उपचार खर्च जुटाउन हारगुहार गरिरेहका छन् । सदरमुकाम मान्ममा पुगेका लुहारले आफुसँग उपचार खर्च नभएको र छोरीको अवस्था विग्रदै गएकोले उपचारमा सहयोग गरिदिन सबैसँग अपिल गरे । सोमबार काठमाडौं जानका लागि सुर्खेत आएका उनले पत्रकार सम्मेलन गरेर पनि सहयोगको याचना गरे । ‘घरमा विहान–बेलुका छाक टार्ने अन्न छैन्, यस्तोमा छोरीको उपचार गर्न हामी सक्दैनौं’ उनले भने, ‘सबैको सहयोग पाए, छोरीलाई बचाउन सकिन्थ्यो ।’

वीरेन्द्रनगरमा सोमबार व्यवसायी तथा समाजसेवी भद्र भण्डारीले तीन हजार, नेकपमा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी र विद्यार्थी नेता महेश जिशीले नगद दुई÷दुई हजार रकम रफत सञ्चार क्लवमार्फत सहयोग गरेका छन् । ‘आफ्नो आर्थिक अवस्था कमजोर थियो छोरीको उपचार खर्च जुटाउन भारत गए’ मनसराका बुवा रनेले भने,–‘प्रयाप्त रकम नहुँदा समयमै बाहिर लिन सकिन छोरीले आँखा गुमाउनु प¥यो ।’

सुर्खेतदेखि काठमाडौंसम्मका जान मससराका आफन्तलाई काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले निःशुल्क टिकटको व्यवस्था गरेका छन् । उनले काठमाडौंमा उपचार अभाव भएमा आफ्ना व्यवसायीहरुबाट थप रकम संकलन गरेर पठाउने प्रतिवद्धतासमेत उनले गरे । मनसराको थप उपचारको लागि सहयोग जुटाउन सानिमा बैंक शाखा कालिकोटमा छोरीको नाममा ०४४००००००१०० एम नम्बरको खाता खोलिएको छ।

 

प्रकाशित: २२ जेष्ठ २०७४ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App