६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन

भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा रहेको टोलीले हाकुफाहिटी, भार्बाचो र वंशगोपालमा रहेका मासु पसलहरूको अनुगमन गरी यस्तो निर्देशन दिएको हो।

अनुगमनका क्रममा टोलीले मासु पसलहरूमा कुखुरा बध गर्ने स्थान फोहर देखिएकाले सरसफाइमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, मासु काट्ने भाँडावर्तन सफा राख्न, ढक तराजु नवीकरण गर्न, फ्रिजमा काँचो र पाकेजिङ सामान छुट्टाछुट्टै राखी व्यवस्थित गर्न, मासु खुला नराखी बाकस बनाई झिँगा भन्किन र धुलो पर्नबाट जोगाउन, भित्तामा सफा कार्पेट वा टायल राख्न निर्देशन दिइएको अनुगमनमा सहभागी वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

टोलीले न्यु नवदुर्गा कोल्ड स्टोर, हरिकृष्ण शाहीको मासु पसल, रामकृष्ण कोल्डस्टोर, भार्बाचो मासु पसल, एसन मिट सप, छोरीमैयाँ शाहीको मासु पसल, बेखनारायण शाहीको मासु पसलमा पुगेर अनुगमन गरेको थियो।

अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैया सुवाल, ज्ञानबहादुर मानन्धर, सदस्य–सचिव दिलिपकुमार सुवाल, भनपा स्यानिटेसन उपशाखाका वडा निरीक्षक रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, पशु सेवा शाखा भक्तपुरका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, महानगरीय प्रहरी परिसरका भगउरप्रसाद हरिजन र धरेलु कार्यालयका सीताराम त्वायनाको सहभागिता थियो।

प्रकाशित: १३ असार २०८० ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App