६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

उपमेयरको श्रीमानले दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरु आन्दोलनमा

कपिलवस्तु नगरपालिकाका कर्मचारीहरु शुक्रबार दिउँसोदेखि पेन डाउन गरी विरोधमा उत्रेका  छन्।

उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृत सहितका कर्मचारीहरुलाई गाली गलौच गरी दुर्व्यवहार समेत गरेको भन्दै उनीहरु विरोधमा उत्रेका हुन्।

नगरसभा कै पुर्व सन्ध्यामा कर्मचारीहरुले गरेको पेन डाउनले कामकाज प्रभावति हुने देखिएको छ। नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत गणेशप्रसाद अर्यालको कार्यकक्षमा आगामी वर्षको नीति कार्यक्रम तथा बजेटका बिषयमा छलफल चलीरहेका बेला उममेयर गुप्ताले आफनो श्रीमान संजयलाई समितिमा राख्न आग्रह गरिन। तर बैठकमा सहभागी रहेको वडाध्यक्षहरुले त्यो नमिल्ने बताए।

प्रमुख प्रशाकीय अधिकृत अर्यालले यो विषय मेयर सुदीप पौडेलको भएकाले यसमा आफूले केही भन्न नमिल्ने बताए। नगरपालिकाको भुई तलमा पहिलेदेखि बसीरहेका संजय त्यही विषयमा आक्रोसित भएका थिए। संजयले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई तथानाम गाली गालौच गरेको कर्मचारीहरु बताउँछन्। संजयको मेयर सुदीप पौडलसंग समेत केही बेर भनाभन भएको थियो।

नगरपालिकाको कर्मचारीहरुका अनुसार गुप्ताले पहिलेदेखि र्नै कर्मचारीहरुलाई गाली गलौच गर्ने अख्तियारमा अनावश्यक मुद्दा हालेर मानसिक तनाव दिदै आएका थिए। कर्मचारीहरुले आज दिउँसो काम गर्ने वातावरण हुनु पर्ने भन्दै नाराबाजी समेत गरेका थिए। नगरपालिकाका कर्मचारीहरुले काम गर्ने वातावरण नभएसम्म पेन डाउन गर्ने निर्णय गरक छन। यस्तै उनीहरुले संजय उपर प्रचलित कानुन अनुसार कारबाहीको माग गरेका छन्। 

नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले संजय गुप्ताले पहिलेदेखि नै कर्मचारीहरुलाई दुब्र्यवहार र गालीगलोच गर्दै आएको बताए। उनले यस्तो कार्यले आफूहरुको मनोबल खसेको र काम गर्ने वातावरण नै नभएको बताए।  

उता प्रमुख प्रसाकीय अधिकृत अर्यालले कर्मचारीहरुमाथी गालीगलौच र दुब्र्यवहार गर्ने गुप्तामाथी प्रचलित कानुन अनुसार कारबाही गर्न प्रहरी कार्यालय उजुरी समेत दिएका छन्। यस विषयमा जानकारी लिन खोज्दा संजय गुप्ताले फोन उठाएनन्।  

प्रकाशित: ८ असार २०८० १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App