१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुल्मीको खजुरे वनमा आगलागी, १८ घरपरिवार जोखिममा

गुल्मी – गुल्मीको हस्तिचौर स्थित हस्तिचौर पालुखा खजुरे सामुदायिक वनमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट वरपरका १८ घर जोखिममा परेको छ । 

शनिबार दिउँसो १ बजेबाट उक्त वनमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि स्थानीयवासीहरू जुटिरहे पनि हावाहुरी चलिरहेकोले समस्या भएको स्थानीय सूर्य खत्रीले जानकारी दिए । 

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी  र सशस्त्र प्रहरीको टोली उक्त क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ । सदरमुकाम तमघासबाट सवारी साधनमा १ घण्टा भन्दा बढीको यात्रापछि मात्र उक्त स्थानमा पुग्न सकिन्छ । 

प्रकाशित: १६ वैशाख २०७४ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App