६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

विपद्को समयमा स्काउटको भूमिका उल्लेखनीय: पूर्वराष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गरेकी छिन्।

मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

उनले नेपाल स्काउटले दक्षिण एसियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिन सक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिरहेको प्रमाणित हुने बताइन्।

उनले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भूमिकाको प्रशंसा गरिन्। देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने जोड दिइन्।

उनले भनिन्, ‘कोभिड १९ को महामारीमा पनि नेपाल स्काउटले उल्लेखनीय भूमिका खेलेको छ। नेपाल स्काउटले चिकित्सक परामर्श सेवा, जनचेतना अभियान, आइसोलेसन, क्वारेन्टिन निर्माणका साथै संक्रमितहरुको शवको व्यवस्थापन समेतमा गरेको सहयोगका लागि सम्पूर्ण स्काउटप्रति सम्मान व्यक्त गर्दछु। देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आएको छ। सातै प्रदेशमा विपद् व्यवस्थापन टोली खटाइ स्काउट परिचालन भएको थाहा पाउँदा खुसी लागेको छ। लागूपदार्थ दुर्व्यसन विरुद्धको अभियानमा युवा स्काउटलाई परिचालन गर्नेजस्ता कार्यले हाम्रो समाजमा कलंकको रुपमा रहेको लागु औषधबाट युवाहरू टाढा राख्ने कुरामा विश्वस्त छु। पछिल्लो समय नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय सफलता हात पारेको छ।’

पूर्व राष्ट्रपति भण्डारीले नेपाल स्काउटले माझमा कलंकको रुपमा रहेको लागु औषधबाट युवाहरू टाढा राख्ने कुरा, महिला हिंसाविरुद्धका अभियान लगायत विभिन्न सामाजिक घटननाहरुमा साथ र सहयोग गर्दै आएको भन्दै प्रशंसा समेत गरिन्।

प्रकाशित: ५ असार २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App