१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पठनपाठन बन्द गरे शिक्षक, कर्मचारीलाई पदबाट हटाउने मेयर बालेनको चेतावनी

फाइल

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक निर्देशन जारी गर्दै उनले आइतबार देशभरका विद्यालय बन्द गर्ने भन्ने पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको बताएका छन्।

उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक, कर्मचारीलाई कारबाही हुने समेत चेतावनी दिएका छन्।

'शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ।' उनले भनेका छन्।

पठनपाठनमा अवरोध गरे विद्यालय व्यवस्थापन समिति विघटन गरिने र पठनपाठनमा कसैले अवरोध गरे फौजदारी मुद्दा चलाउनेसमेत उनको चेतावनी छ। 

'कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।' उनले भनेका छन्।

प्रकाशित: २ असार २०८० ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App