५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

आजदेखि उपत्यकाबाहिर जाने सवारी नयाँ बसपार्कबाट मात्र छुट्ने

आजबाट काठमाडाैं उपत्यका बाहिर जाने यात्रुवाहक सवारीसाधनहरु नयाँ बसपार्कबाट मात्र छुट्ने भएका छन्।  

काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेको हो। काठमाडौँ महानगरभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै सञ्चालन गर्न महानगरपालिकाले निर्देशन दिएको छ। 

महानगरले भनेको छ, ‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ। धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ।’

उक्त निर्णय लागू नगरे नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा महानगरले चेतावनी दिएको छ। उक्त निर्णय कार्यान्वयनसँगै अब काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने झण्डै दुई हजार सार्वजनिक माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन्छन्। रातका समयमा जुन ठाउँमा पार्किङ गरेपनि यात्रु चढाउनका लागि नयाँबसपार्कभित्र पुग्नुपर्ने हुन्छ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए। 

प्रकाशित: १ असार २०८० ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App