१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोविन्द बल्लभ पन्त नेफ्सा अवार्ड घोषणा

काठमाडौं—खाद्य प्रविधिमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने 'गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड' गर्ने नाम सार्वजनिक गरिएको छ। उनीहरुलाई सन् २०१६ र सन् २०१७ को पुरस्कार प्रदान गर्न लागिएको हो।

२०१६ का लागि त्रिभुवन विश्वबिद्यालयबाट पद्मश्री इन्टरनेशनल कलेज काठमाडौंकी सापु श्रेष्ठ र पूर्वाञ्चल विश्वबिद्यालयबाट क्याफोडाट कलेज काठमाडौंका कञ्चन सिटौलालाई प्रदान गरिने भएको छ। त्यसैगरी २०१७ का लागि पूर्वाञ्चल विश्वबिद्यालयबाट क्याफोडाट कलेज काठमाडौंकी अनु अर्याललाई प्रदान गरिने गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष हरिहर गुरागाईले जनाएका छन्।

सन २०१७ को त्रिभुवन बिश्वबिद्यालयको एवार्ड छिट्टै घोषणा गरिने र यी सबै एवार्डहरु अर्को महिना काठमाडौंमा प्रदान गरिने ट्रष्टले जनाएको छ। पुरस्कार विगत पाँच वर्षदेखि प्रदान गर्दै आएको छ। ट्रस्टका अध्यक्ष हिक्मत थापाले नेपालका विश्वबिधालयमा खाध प्रबिधिमा अध्ययनरत विद्यार्थीलाई हौसला मिलिरहेको विश्वास व्यक्त गरे।

प्रकाशित: ३१ चैत्र २०७३ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App