५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मुलुकमा १४२ जातजाति, मातृभाषा १२४

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम परिणामअनुसार नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र १० विभिन्न धर्मावलम्बी रहेको पाइएको छ। यसअघि चैत १० गते जनगणनाको परिणाम घोषणा गर्दा जातजाति, भाषा र धर्मसँग सम्बन्धित तथ्यांकको नतिजा सार्वजनिक गरिएको थिएन। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार मात्र जातजाति, भाषा, धर्मलगायतसँग सम्बन्धित अन्तिम तथ्यांक सार्वजनिक गरेको हो।

कार्यालयका अनुसार यसअघिको जनगणनाभन्दा १७ प्रकारका जातजाति थप भएका छन्। सम्बन्धित तथ्यांक उत्तरदाताको जवाफ र विज्ञसमूहको सिफारिसअनुसार जातजातिको संख्या १४२ कायम भएको कार्यालयले जनाएको छ।

नेपालको कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये २ करोड ३६ लाख ७७ हजार ७४४ हिन्दु रहेको पाइएको छ। यो कुल जनसंख्याको ८१.१८ प्रतिशत हो। यसैगरी बुद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९ अर्थात् ८.२ प्रतिशत छ। इस्लाम धर्मावलम्बीको सख्या १४ लाख ८३ हजार ६६ छ। यो कुल जनसंख्याको ५ प्रतिशत हो।

जनगणनाअनुसार क्रिस्चियन धर्म मान्नेको संख्या ५ लाख १२ हजार ३१३ छ। यो कुल जनसंख्याको १.७ प्रतिशत हुन आउँछ। जातिगत आधारमा १६.४५ प्रतिशत क्षेत्री, ११ प्रतिशत पहाडी बाहुन, ६.९ प्रतिशत मगर, ६.२ प्रतिशत थारु, ५.६२ प्रतिशत तामाङ, ५.०४ प्रतिशत विश्वकर्मा, ४.६ प्रतिशत नेवार, ४.२१ प्रतिशत यादव, २.२ प्रतिशत राई, १.९४ प्रतिशत परियार र १.८६ गुरुङ छन्।

प्रकाशित: २० जेष्ठ २०८० ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App