१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एमाले नेता भरतमोहन अधिकारी अस्वस्थ

काठमाडौं- पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी अस्वस्थ भएका छन्। दिशा र पिसाबसम्बन्धी गम्भीर समस्या देखिएपछि अधिकारी उपचारको लागि थाईल्याण्ड गएका हुन्। उनको त्यहाँ स्थित भेजथानी अस्पतालमा उपचार हुने छ। गत पुस ७ गते दिसा र पिसाब दुबैको समस्या आएपछि अधिकारी तीनकुनेस्थित कान्तिपुर अस्पताल भर्ना भर्ना भएका थिए।

चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि उनी थाइल्याण्ड गएको सचिवालयले जनाएको छ। अधिकारीलाई आन्द्रामा र युरिनरी सिष्टममा गम्भीर समस्या देखिएपछि कान्तिपुर अस्पतालले बल्खुस्थित बयोधा अस्पतालमा रिफर गरेको थियो। बयोधा अस्पतालमा उनको आठ दिनसम्म आईसीयूमा राखेर उपचार भएको थियो।

घरैमा रहेर स्वास्थ्य लाभ गरिरहे पनि समस्या झन­झन बढेपछि उनी थप उपचारको लागि थाइल्याण्ड गएका हुन्। ८० वर्षीय अधिकारी लामो समयदेखि मुटु तथा दम रोगबाट समेत पीडित छन्।

प्रकाशित: २ चैत्र २०७३ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App