१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डिएसपीलाई गाली गरेको भन्दै सार्वजनिक मुद्दा

खोटाङ– खोटाङका डिएसपीलाई गालीगलौज गरेको भन्दै एक युवकलाई सार्वजनिक मुद्दा चलाइएको छ। मोटरबाइकमा तीन जना चढेको भेटिएपछि सोधपुछ गर्दा जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानलाई गालीगलौज गर्ने छोरम्बुका प्रबिण राईलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको हो।

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा बिना हेल्मेट एउटै बाइकमा तीन जना चढेको भेटिएपछि सोधपुछ गरेकामा राईले डिएसपी प्रधानलाई गाली गरेको प्रहरी भनाइ छ।

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा बिना हेल्मेट एउटै बाइकमा तीन जना चढेको भेटिएपछि सोधपुछ गरेकामा राईले डिएसपी प्रधानलाई गाली गरेको प्रहरी भनाइ छ।

राईले आइतबार प्रहरी पोशाकमै रहेका डिएसपी प्रधानलाई गालीगलौज गरेको जनाइएको छ। ‘हेल्मेट खोइ? किन तीन–तीन जना चढेको भनेर सोधेको, म माथि हात उज्याएर आइलाग्यो,’ डिएसपी प्रधानले भने, ‘त्यसपछि पक्राउ गरी सार्वजनिक मुद्दा चलाएका हौं।’

फोक्सिङटारको बेलिब्रिज अनुगमन निरिक्षणकाक्रममा पुगेका डिएसपी प्रधान र राईको फोक्सिङटारमा भेट भएको थियो। भनाभन सुरु भएको केही समयपछि डिएसपीभन्दा पछि रहेका प्रहरी आइपुगेका थिए।

प्रकाशित: २ फाल्गुन २०७३ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App