६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

इदउल फित्रमा मुस्लिम महिलाहरुद्वारा सामूहिक नमाज

क्याप्शन

कपिलवस्तुका विभिन्न मस्जिदमा मुस्लिम महिलाहरूले इदउल फित्रमा शनिबार सामूहिक नमाज पढेका छन्।

एक महिने रमजानको रोजा सकेर उनीहरूले सदरमुकाम तौहिलवामा रहेका दुई छुट्टाछुट्टै मस्जिद, अभिराव, नन्दनगर, कृष्णनगरलगायतका जिल्लाका विभिन्न गाउँपालिकामा रहेका मस्जिदहरूमा उनीहरूले विशेष नमाज पाठ गरेका हुन्। उनीहरूले मस्जिदमा नमाज पढ्न पाएकामा खुसी भएका छन।

कपिलवस्तुका विभिन्न मस्जिदमा मुस्लिम महिलाहरूले इदउल फित्रमा शनिबार सामूहिक नमाज पढेका छन्।

यसै क्रममा कपिलवस्तु नगरपालिका–१ नयाटोलकी कलामुन निशाले शनिबार बिहान आफन्तसंगै छोटकी तौहिलवास्थित ईमाम अकहमद बिन हम्बल मस्जिदमा पुगेर विशेष नवाज पढिन्। रमजान महिनामा बस्ने एक महिने रोजाका क्रममा घरमै पाँचपटक नमाज पढ्ने गरेकी उनी परिवारका अन्य सदस्यसँगै बिहानै त्यहा पुगेकी थिइन्।

बुर्का लगाएर गएकी उनले मस्जिमा रहेका महिलाहरूसंगै एक घण्टा सम्म पाठ गरिन्। आफूले हरेक जर्षको ईदमा परिवारका अन्य सदस्यहरूसँगै मस्जिदमा नमाज पढने गरेको मस्जिदबाट घर फकिर्ने क्रममा उनले बताइन्।

‘इदका अवसरमा घर परिवार र आफन्तसँगसँगै मस्मिदमा सामूहिक नमाज पढ्दा खुसी लाग्छ,’ उनले भनिन्, ‘ त्यसरी नमाज पढदा छुट्टै आनन्द मिल्छ, यसबाट अल्लाहबाट धेरै बरकत समेत पाइन्छ जस्तो महसुल हुुन्छ।’

यसै क्रममा कपिलवस्तु नगरपालिका–१ नयाटोलकी कलामुन निशाले शनिबार बिहान आफन्तसंगै छोटकी तौहिलवास्थित ईमाम अकहमद बिन हम्बल मस्जिदमा पुगेर विशेष नवाज पढिन्।

यस्तै बिहान ८ बजेदेखि सामूहिक नवाज पढने कार्यक्रम भए पनि एक घण्टाअघि नै कपिलवस्तु नगरपालिका तिलौराकोटकी साकिरा खातुुन छोटकी तौलिहवाको मस्जिदमा पुगेकी थिइन्। आफन्तसँगै त्यहा पुगेर सामूहिक नमाज पाठ गरेकी उनले पनि आफूलाई इदका दिन त्यसरी मस्जिदमा पाठ गर्न पाउदा निकै खुसी लाग्ने गरेको बताइन्।

‘साँच्चिकै इदका दिन मस्जिदमा सामूहिक पाठ गर्दा धेरै रमाइलो लाग्छ।’ त्यहाँको मस्जिदमा २ सय बढी महिलाले सामूहिक पाठ नमाज पढेका थिए। छोटकी तौलिहवाको मस्जिदमा पुरुष र महिला दुवैले सामूहिक पाठ गरेका थिए। त्यसका लागि मस्जिमदमा रहेको कोठाको बीच भागमा पर्दा लगाइएको थियो। एकतिर पुरुषहरू र अर्कातिर महिलाहरू बसेर सामूहिक पाठ गरेका थिए।

‘साँच्चिकै इदका दिन मस्जिदमा सामूहिक पाठ गर्दा धेरै रमाइलो लाग्छ।’

अहिले हदिफ समुदायका महिलाहरूले मस्जिदमा सामूहिक प्रार्थना गर्न पाउने कृष्णनगरका मौलाना महसुद नेपालीले बताए। हदिफ समुदायका महिलाहरूलाई रमजानमा पुरुषसरह रोजा बस्ने र इदगाहा वा मस्जिदमा सामूहिक नमाज पढने अधिकार रहेको उनले बताए।

कृष्णनगर, भैसकुण्डा, नन्दनगर, अभिराव लगायतका इदगाहामा समेत महिलाहरूले सामूहिक नमाज पाठ गरेका थिए। तर अहिले सुन्नत समुदायका पुरुषहरूले मात्र इदगाहामा सामूहिक नमाज पाठ गरेका थिए।

प्रकाशित: १० वैशाख २०८० ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App