४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

‘महिला निर्णायक तहमा पुगेनन्’

राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गए पनि निर्णायक तहमा महिला सहभागिता नभएको सरोकावाला निकायहरूले गुनासो गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार राज्यका सबै तहमा महिलाको संख्या पुर्‍याउने मात्र काम भएको आरोप लगाएका हुन्।

नेपाल मिडिया एड्भोकेसी ग्रुपले महिला राजनीतिकर्मीलाई लिएर सन् २०२३ जनवरीदेखि मार्च २०२३ सम्मको सञ्चार अनुगमन प्रतिवेदनमा सञ्चार क्षेत्रमा पनि महिलाको सहभागिता कम रहेको प्रतिवेदन सार्वजनिक गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले महिलालाई निर्णायक तहमा समावेश हुन जरुरी रहेको बताइन्।

‘संख्यात्मक रूपमा माथिल्लो स्तरमा महिला पुगे पनि निर्णय गर्ने आधारमा महिलाको कुनै सुनुवाइ नभएको,’ झाँक्रीले बताइन्।

महिला राजनीतिकर्मीलाई व्यक्तित्व विकास गर्न निर्णायक तहमा सहभागी गराए मात्र महिला सम्बन्धित समाचार आउने उनले बताइन्।

राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गए पनि निर्णायक तहमा महिला सहभागिता नभएको सरोकावाला निकायहरूले गुनासो गरेका छन्।

नेपालको राजनीतिको महत्वपूर्ण निर्णयहरूमा पुरुष राजनीतिकर्मीको मात्रै सहभागिता रहने गरेको यस तथ्यांकले बताएको छ। ‘निर्णायक भूमिकामा रहेका महिलाले अडान राख्ने, आफ्नो भनाइ राख्ने गरे पनि मिडियाले त्यसलाई प्राथमिकता नदिइएको र सोही प्रकारको भूमिकामा रहेका पुरुष भनाइलाई भने प्राथमिकता दिएको सञ्चारकर्मी बबिता बस्नेतले बताइन्।

पदमा भएका महिलाले बोदेको कुरालाई मात्रै प्राथमिकता दिई समाचार बनाउने तर पुरुष राजनीतिकर्मी ठूलो पदमा नभए पनि उनीहरूको भनाइ मात्र उल्लेख गरिने बस्नेतले गुनासो गरिन्।

नेपालको राजनीतिको महत्वपूर्ण निर्णयहरूमा पुरुष राजनीतिकर्मीको मात्रै सहभागिता रहने गरेको यस तथ्यांकले बताएको छ।

‘पहिलो पृष्ठमा संख्याको हिसाबले समाचार कभरेज बढी देखिए पनि महिलाका विषयवस्तु, भनाइ, अन्तर्वार्ता भन्दा फोटो र उपस्थिति बढी छ,’ उनले भनिन्, ‘पुरुष राजनीतिकर्मीको भनाइ तथा अन्तर्वार्ता हरेक पत्रिकाले स्थान पाइरहेका छन् भने सोही पत्रिकामा महिला राजनीतिकर्मीले ज्यादै कम स्थान पाएका छन्।’

प्रकाशित: ८ वैशाख २०८० ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App