१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुनकाण्ड लेखा समितिमा

काठमाडौं- चौतीस किलो सुन बरामद प्रकरण लेखा समितिमा प्रवेश भएको छ। केही दिनअघि राजधानीको पिंगलास्थाननजिकैबाट ३४ किलो सुन बरामद भएको थियो। लेखा समितिले बुधवार गृहमन्त्री विमलेन्द्र निधिलाई बोलाएर त्यसबारे जानकारी लियो। गृहमन्त्री निधिले सुन तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीको केन्›ीय अनुसन्धान ब्युरो (सिआइबी) लाई आवश्यक पर्ने साधन/प्रविधि उपलब्ध गराउन सरकार जुनसुकै बेला तयार रहेको समितिमा बताए।उनले सुन तस्करी रोक्न सिआईबी सक्षम रहेको बताउदै आवश्यक परे मन्त्रालयले सहयोगगर्ने बताए।

समितिमा मन्त्री निधिले बरामद उक्त सुन तस्करका मुख्य योजनाकार जोसुकै भए पनि बाहिर ल्याउनुपर्ने र त्यसका लागि परम्परागत नभई वैज्ञानिक छानबिन आवश्यक रहेको बताए। 'त्यसका लागि अहिले सिआइबी नै सक्षम छ,' उनले भने, 'छानबिनका लागि नयाँ समिति आवश्यक पर्दैन।'

अघिल्लो बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३४ किलोग्राम सुन बरामद भएपछि नेपालमा सुन तस्करी मौलाउँदै गएको पुष्टि भएको छ।

अर्थ समितिको मंगलबारको बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो। अर्थ समितिमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्›कान्त अर्यालले सुन बरामद घटनाको अनुसन्धान गर्न प्रहरीलाई नै दिनुपर्ने र त्यसका लागि प्रहरी सक्षम रहेको बताएका थिए। गृहसचिव र अर्थमन्त्रीले सुन तस्करलाई पक्रेर कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। तर प्रहरीले सुनका भरियाबाहेक तस्करका नाइकेलाई पक्राउ गर्न सकेको छैन।

संसद्को अर्थ समितिले सुन तस्करलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति प्रकाश ज्वालाको अध्यक्षतामा बुधबार बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।

प्रकाशित: २८ पुस २०७३ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App