१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महिलाको शरीरमा शिवजी प्रवेश गरेको हल्लापछि हेर्नेको घुइँचो (तस्बिरहरु)

रौतहटकाे सखुअवा धमौरा गाविसमा शरीरमा शिवजी प्रवेश गरेकाे भनिएकी महिलालार्इ हेर्न लागेको भीड। तस्बिरः मदन ठाकुर

रौतहट– रौतहटको सखुअवा धमौरा गाविसमा एक महिलाको शरीरमा भगवान शिवको प्रवेश भएको विश्वासमा हेर्नेहरुको घुइँचो लाग्न थालेको छ। सखुअवा धमौरा गाविस–६ सिसवा टोलकी २४ वर्षीया प्रियंकादेवी दासको शरीरको विभिन्न अंगमा शिवसँग सम्बन्धित विभिन्न आकृति देखिन थालेको स्थानीयको भनाइ छ।

बेलाबेलामा निधार, घाँटी, बाहुली, हात र खुट्टामा त्रिशुल, चन्दन, सर्प, डमरु, रुद्राक्ष, मालालगायत कालो रंगको आकृति देखिने गरेको भन्दै स्थानीयले महिलाको पूजा पाठसमेत गर्न थालेका छन्। आसपासका विभिन्न गाउँबाट हेर्न आउने मानिसको घुइँचो बढ्न थालेपछि माइती बडहर्वा– २ बाट पिता विनोद दाससमेत व्यवस्थापनका लागि आइपुगेका छन्।

गत ११ दिनदेखि राजेश दासकी श्रीमती प्रियंकादेवीको जीउमा शिवसँग सम्बन्धीत विभिन्न आकृति देखिइरहेको र स्थानीयले भजन कीर्तन गरिरहेको विषयमा सत्यतथ्य बुझेर वास्तविकता बाहिर ल्याउन स्थानीयले माग गर्न थालेका छन्। ‘स्थानीय प्रशासनले छानविन गरी सत्यतथ्य बाहिर ल्याउनु पर्छ,’ नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य एवं स्थानीयबासी राजकुमार दास तत्माले भने।  

जीउमा शिवसँग सम्बन्धित विभिन्न आकृतिहरु आइरहेको खबरले टाढाटाढाबाट आफन्त र पाहुनाहरु आउने क्रम बढेको छ। गाउँमा माछामासु निषेध गरिएको पनि तत्माले बताएका छन्।

दिनहुँ सयौंं व्यक्तिहरु आएर हेर्ने गरेको र पूजापाठ गर्ने गरिएको उनले बताए।

शरीरमा शिवको प्रवेश भएको भनिएकी महिलाले शिवको मन्दिर निर्माणको लागि इच्छा व्यक्त गरेकी भन्दै बिहीबार उनकै जग्गामा मन्दिर निर्माणको काम पनि परिवार र आफन्तजनले थालेको स्थानीय समाजसेवी लालबाबु साहले बताएका छन्।

 

 

रौतहटकाे सखुअवा धमौरा गाविसमा शरीरमा शिवजी प्रवेश गरेकाे भनिएकी महिलालार्इ हेर्न लागेको भीड। तस्बिरः मदन ठाकुर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App