६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सुरक्षा संबेदनशीलतालाई हेर्दै कपिलवस्तुको दोहनीमा अस्थाई प्रहरी पोष्ट

सुरक्षा संबेदनशीलतालाई हेर्दे कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको छ। स्थानीयबासीको माग र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार त्यहा पोष्ट खडा गरिएको हो। अस्थायी पोष्ट तत्कालका लागि वडा कार्यालय कै भवन भित्र खडा गरिएको हो।  

अस्थाई प्रहरी पोष्टको शुक्रवार कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेल र कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी  शंकारहारी आचार्यले सयुक्तरुपमा उद्घाटन गरेका हुन। तौलिहवाको जमुहार पुल देखि पकडी सम्मको १० किमि भित्र कुनै प्रहरी चोकी नहुदा सुरक्षा अवस्था दिन गाहे परेको थियो। 

सो क्षेत्र भित्र संभावित बिभिन्न घटना र अपराधलाई मध्यनजर गर्दै पोष्ट स्थापना गरिएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलले बताए। समुदायमा शान्ति सुरक्षाको प्रत्यभुति गराउन उद्देश्यका साथ कार्य गर्न अस्थाई प्रहरी पोष्टलाई  निर्देशन दिए। स्थानिय समुदायले प्रहरी मेरो साथी हो भनेरे प्रहरीलाई सहयोग गरिदिनु हुन सबै संग उनले आग्रह गरे। अस्थाई प्रहरी पोष्टलाई कपिलवस्तु नगरपालिका बाट सक्दो सहयोग गर्ने नगर प्रमुख सुदी पोडेलले प्रतिबद्धात व्यक्त गरे । समुदायमा शान्ति स्थापन गर्नको लागि स्थानियले प्रहरीलाई सहयोग गरे मात्रै सम्भाव हुने नगर पौडेलले बताए। 

समुदाय र प्रहरीबीच राम्रो समन्वय र सम्बन्ध भए मात्रै समाजमा शान्ति सुरक्षा स्थापन गर्न सकिने प्रमुख जिल्ला अधिकारी शंकारहरी आचार्य जोड दिए। कपिलवस्तु नगरपालिका वडा नम्बर ८ का समुदायलाई शान्ति र सुरक्षाको प्रत्यभुति दिलाउने उद्देश्यले अस्थाई प्रहरी पोष्ट दोहनीमा राखिएको ८ नम्बर वडाका वडा अध्यक्ष शिव कुमार पाण्डेयले बताए।  सामाजम शान्ति सुरक्षा कायम राख्नको लागि प्रहरी पोष्ट स्थपित गरिएको उनले बताए।समाजमा शान्ति सुरक्षाको स्थापना अस्थाई प्रहरी पोष्ट गर्न सकोस् भनेर नेपाल प्रत्रकार महासंघ तौलिहवा कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य शुभकामना व्यक्त गर्नु गरे।

 प्रहरी उपरीक्षक प्रेम बहादुर  बस्नेतको अध्यक्षता र प्रहरी निरीक्षक रमेश पौडेलको संचालन प्रहरी निरक्षाक शैलेश्री बोहरा स्वागत मन्तब्यमा भएको कार्यक्रममा  सशस्त्र प्रहरी २८ नम्बर हेडकवटरका प्रमुख जीवन केसी वडा नम्बर ७ का वडाध्यक्ष ईन्द्रजित कुर्मी , वडा सदस्य , पत्रकार लगायतको सहभागीताथियो  कार्यक्रम र प्रहरी निरक्षाक रेसम पौडलेको संचालनमा कार्यक्रम भएको थियो। अस्थायी प्रहरी पोष्टमा ६ जना प्रहरी रहेका छन। यस अघि केही महिना अघि कपिलवस्तु नगरपालिका– ९ जगदीपुरमा समेत अस्थायी पोष्ट स्थापना गरिएको थियो।  

प्रकाशित: १० चैत्र २०७९ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App