७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बर्दघाट-सुस्तापश्चिम जिससको भवन निर्माण

नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ। जिल्लाको सदरमुकाम परासीमा कुल सात करोड ९० लाख ५६ हजार रुपैयाँ लागतमा भवन निर्माण थालिएको समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले बताए।

करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुई तलाको हुने छ। यसमा विभिन्न प्रयोजनका लागि २५ कोठा रहने जनाइएको छ।

जिसस प्रमुख यादवले कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि कार्यालयबाट हुने सेवाप्रवाह सहज पुग्ने विश्वास लिएका छन्।

करिब एक वर्ष छ महिनाभित्र प्रशासनिक भवन निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको हो। उक्त भवन बनाउन नौ करोड ४२ लाख ५६ हजार रुपैयाँमा बोलपत्र आह्वान गरिएको सात करोड ९० लाख ५६ हजार रुपैयाँमा बोलपत्र परेको जिससका सबइन्जिनियर सन्देश न्यौपानेले बताए।

भवन निर्माणको जिम्मा आकृति पशुपति एभरेष्ट जेभी बुटवलले  पाएको छ। जिससको हाल आफ्नै भवन नहुँदा भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएको छ। रासस  

प्रकाशित: २८ फाल्गुन २०७९ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App