१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

८४ वर्षे अामाका नाउँमा ई–लाइब्रेरी (भिडियो)

ई–पुस्तकालयको उद्घाटन गदैं ८५ बर्षिय नन्दकला उपाध्याय

हरिकृष्ण गाैतम

पर्वत (धाईरिङ)— आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चित भएका पर्वत धाईरिङ–९ धारापानीका कुलप्रसाद आचार्यले आमाको नाममा दुईवटा सामुदायिक विद्यालयमा ई लाइब्रेरी स्थापना गरिदिएका छन्। 

आमा नन्दकला उपाध्यायको चौरासी पूजा लगत्तै बाल्यकालमा अध्ययन गरेको माझफाँट–३ मा अवस्थित विद्याज्योती माविमा २० वटा र  धाइरिङ–७ काफलबोटको कृष्णभवन धर्म माविलाई दुई लाखको कम्प्युटर हस्तान्तरण गरेका हुन्। परिवारसँगै हेलिकप्टरमा आएका आचार्यले अाफू अध्ययनबाट बञ्चित भएको स्मरण गर्दै विद्यार्थीलाई सिक्नको ई-लाइब्रेरीलाई सहयोग गरेको बताए। 

‘मेरो बाल्यकाल पीडादायी रह्यो, त्यही सम्झिएर विद्यालयमा सहयोग गरेँ’ एनआरएनए यूरोप संयोजक समेत रहेका आचार्यले भने। मामा घरमा बसेर माध्यामिक तहसम्म अध्ययान गरेका आचार्यकी आमा उपाध्याय र पर्वतका सांसद अर्जुन प्रसाद जोशले विद्युतीय पुस्तकालयको उद्घाटन गरेका थिए। पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, कम्प्यूटर र सफ्वयेर लगायत प्राविधिक ब्यवस्थापन गरेका आचार्यले आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

पर्वत माझफाँट–३ स्थित विद्याज्योती माविका विद्यार्थी इ लाइब्रेरी प्रयोग गर्दै।

बेलायतमा सफल नेपाली ब्यवसायीका रुपमा चिनिएका आचार्यले जन्मथलो गाउँमा स्वर्गीय पिताका नाममा समेत लाखौं सहयोग गरिसकेका छन्। विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना भएपछि विद्यार्थी र अभिभावकले समेत सहयोगदातालाई पञ्चेबाजा सहित सम्मान गरेका थिए। उनले आफ्नो पहिलो प्राथमिकता शिक्षा भएको बताए।

सोही अवसरमा सांसद जोशीले सामुदायिक विद्यालयलाई आधुनिक प्रविधिको प्रयोग आवश्यकता रहेको बताए । ‘निजी विद्यालयसँग पुरानो शैलीले प्रतिस्पर्धा गर्न सकिँदैन। विद्यार्थीमा पठनसीप बढाउनेतर्फ विषेश ध्यानदिनुपर्छ’ उनले भने । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले सामुदायिक विद्यालय पुस्तकालयको आवश्यकता रहेको औंल्याए। ‘यस्ता दानवीरको सामुदायिक विद्यालयमा आवश्यकता छ। अब प्रविधियुक्त शिक्षाको विकल्प छैन’ उनले भने। 

सहयोगदाता आचार्यका धर्मपत्नी सीता भाई दधि, बुहारी राधिकालाई स्थानीयले सम्मान गरेका थिए। दुई वटा विद्यालयलाई ९ लाखको कम्प्यूटर सहयोग गरिएको थियो। पुस्तकालयमा ८ हजार पुस्तक, अडियो, भिडियो, विद्यालयका निमावि तहका पाठ्यक्रम, सीप र ज्ञानमुलक, ब्यवहारिक विषयहरूका साथै अभिभावकलाई समेत लक्षित गरेका सामग्री डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ। विद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यार्थीहरूले नाचगान गरेका थिए।

भिडियो

प्रकाशित: २ मंसिर २०७३ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App