१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वन समितिका ३ सदस्य पक्राउ

इलाम–जिल्ला वन कार्यालयले सामुदायिक वनबाट इजाजतबिनै सखुवाका काठ–दाउरा संकलन गरेको आरोपमा ३ महिलालाई पक्राउ गरेको छ। जिल्लाको सोयाक गाविस–९ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समिति सदस्यहरू डम्बरकुमारी बस्नेत, दुर्गा धिताल र शर्मिला नेम्बाङ पक्राउ परेको कार्यालयले जनाएको छ ।

समिति अध्यक्ष डोलबहादुर कार्की फरार रहेको सहायक वन अधिकृत विश्वेश्वर दत्तले जानकारी दिए । समितिले गत भदौ १६ मा प्रहरीलाई पत्र लेखेर माइभ्यालीका सबै (१३) पदाधिकारीलाई पक्रन सहयोग मागेको थियो । अध्यक्ष कार्की त्यसैबेलादेखि फरार रहेको र मंगलबार ३ सदस्यलाई भने पक्राउ गरिएको दत्तले जनाए । पक्राउहरूमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।

वन ऐन–२०४९ र नियमावली २०५१ अनुसार सामुदायिक वनमा ढलापडा काठ–दाउरा संलकन गर्न वन कार्यालयको अनुमति चाहिन्छ । तर, समितिका उपभोक्ताले सखुवाका ढलापडा काठ–दाउरा अनुमतिबेगरै गत संकलन गरी घाटगद्दीमा पु¥याएपछि वनले विभिन्न समयमा ती काठ–दाउरा बरामद गरेको थियो । अहिलेसम्म माइभ्याली सावउबाट मात्रै १ सय ३५ थान काठ र २ चट्टा दाउरा बरामद भएको कार्यालयले जनाएको छ ।

वनबाट काठ–दाउरा संकलन गरेको भेटिएपछि वनले सावउसँग लिखित जवाफ मागेको थियो । सावउले २०७२ मंसिर २४ मा बैठक राखी संकलित काठ–दाउरा आफ्नै भएको दाबीसहितको निर्णय गरेको थियो । ‘सावउको निर्णयमा डढेलोले जलाउन सक्ने, सडक निर्माणका बेला हटाउनुपर्ने ढलापडा संकलन गरेको र ती रुख सावउकै भएको दाबी छ,’ दत्तले भने, ‘वन ऐनले त्यसलाई वैध मान्दैन ।’

 सावउको यो निर्णय नै गलत रहेको भन्दै वनले समितिका सबै सदस्यलाई पक्रन प्रहरीलाई पत्राचार गरेको थियो । अध्यक्ष कार्की फरार रहेको जानकारी आएपनि उपभोक्ता समितिका बाँकी सदस्य चाहिँ किन अहिलेसम्म पक्राउ पर्न सकेनन् भन्ने जवाफ प्रहरीसँगै खोज्नुपर्ने भएको वन कार्यालयको भनाइ छ । पक्राउहरूको बयान सकिएपछि अदालतमा मुद्दाको प्रक्रिया सुरु गरिने दत्तले बताए ।
    
    

 

प्रकाशित: १० कार्तिक २०७३ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App