१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अस्पताल पुग्न २ लाख ५० हजार डिपोजिट !

खोटाङ– सुत्केरी व्याथाका कारण सिकिस्त बनेकी गर्भवती महिलालाई नेपाली सेनाको हेलीकोप्टरबाट काठमाडौं पठाइएको छ। सुत्केरी व्याथा लागेको लामो समयसम्म बच्चा जन्मिन नसकेपछि खोटाङ दिक्तेल नगरपालिका–१० लफ्याङकी २२ वर्षीया गर्भवती मनिला राईलाई सोमबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो।

 स्वास्थ्यमा जटिल समस्या आउन सक्ने भन्दै जिल्ला अस्पताल दिक्तेलले थप उपचारको लागि राजधानी लैजान रेफर गरेको थियो।  निजी हेलीकोप्टर नपाएका कारण मनिलालाई २ लाख ५० हजार डिपोजिट गरेर नेपाली सेनाको हेलीकोप्टरबाट काठमाडौं पठाइएको हो। पहिलो बच्चा जन्माउन लागेकी मनिलालाई आईतबार अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा ‘नर्मल भनिएपनि अन्तीममा जटिल’ समस्या देखाएर अस्पतालले रेफर गरेको आफन्त किसन राईले बताए । ‘निजी हेलीकोप्टर पाइएन,’ राईले भने, ‘मिटरका आधारमा उठ्ने शुल्कमा सेनाको हेलीकोप्टर मिलाइएको हो ।’ मिटरमा पनि १ लाख ६० हजारदेखि २ लाख शुल्क लाग्ने अनुमान छ । जिल्लामा बिरामी अस्पताल जानकालागि २ लाखसम्म खर्च गरेर राजधानी पुग्न बाध्य छन्।

प्रकाशित: १० आश्विन २०७३ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App