१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारततर्फ बेच्न लगिएको आठ बालकको उद्दार

बारा–बालकलाई भारततर्फ बेच्न लैजाँदै गरेको अवस्थामा  तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पले गढीमाई नगरपालिका– १ पथलैया चोकबाट बेच्न लगिएका बालकसहित बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा  मकवानपुर गोगने– ६ का करण सिंह वाइबा, दोर्जे लामा र दोलखा जिल्ला गाविस मागदौवा अनिता तामाङलाई पक्राउ गरेको हो।

पक्राउ गरेका तीनै जनालाई थप कारवाहीका लागि सशस्त्र प्रहरी बलले इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको छ।
उद्धार गरिएको बालक मकवानपुर गोगने– ६ का नौ वर्षीय राजकुमार वाइवा, १० वर्षीय राजकुमार वाइवा, १२ वर्षीय सुमन वाइवा, १३ वर्षीय साजन वाइवा, सोही जिल्ला आग्रा– ५ का १२ वर्षीय य सुरेश कुमार थिङ, १० वर्षीय ईश्वर गोले, १२ वर्षीय ईमान सिंह गोले र काभ्रे जिल्ला घर भएका १२ वर्षीय इन्द्र बहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय सिमराले  जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोबिन्द कार्कीले बालकहरुलाई भारत तर्फ बेच्न लगिरहेको अवस्थामा पक्राउ परेका करण सिंह वाइवा, दोर्जे लामा र अनिता तामाङलाई बुधबार बारा जिल्ला अदालतबाट मानप ओसार पोसार मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको बताएका छन्।

प्रारम्भिक अनुसन्धानबाट बालकहरुलाई पढाई दिने, जागिर दिलाई दिने भन्दै ललाई फकाई गरेर भारत लग्ने गरेको खुल्न आएको कार्कीले बताए।  काठमाडौंबाट काकडभिट्टातर्फ जांदै गरेको ना २ ख ४८२४ नम्बरको बसबाट पूर्वको जिल्लाहरुमा पुर्याउने र पछि पूर्वकै नाकाहरुबाट भारत पुर्याने योजनाका साथ पक्रउ परेकाहरुले बालाकहरुलाई पूर्व तिर लैजाँदै गर्दा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ३० भाद्र २०७३ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App