१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फरार अभियुक्त ५९ जना पक्राउ

अठतिस लाख जरिवाना, ९० वर्ष कैद भुक्तान असुली

प्रहरीले फरार आरोपी अभियुक्त पक्राउ अभियानलाई तीव्र पारेको छ। गत साउन १ देखिको रेकर्डमा प्रहरीले ५९ जना फरार अभियुक्तलाई पक्राउ गरेको देखिन्छ। ५९ जना मध्य पुरुष ५३ जना र महिला ६ जना छन्।

प्रहरीले पक्राउ गरेका अभियुक्तको दुई दिन कैद देखि ३० बर्ष कैद सम्म अदालतले तोकेको छ। अदालतमा बुझाएका फरार अभियुक्तको जरिवाना कममा ५० रुपैयाँ र बढीमा १२ लाख सम्म छ। प्रहरीको प्रगति प्रतिवेदनको रेकर्डमा बर्दिया प्रहरी फरार अभियुक्त पक्राउ गर्ने अभियान रेकर्ड राख्न सफल देखिन्छ। गत बर्ष ६६ जना फरार पक्राउ गरेको प्रहरीले तीन महिनामा ५७ जना पक्राउ गरेर  कार्य सम्पादनमा बर्दिया प्रहरी अब्बल मानिएको छ।

 ५३ जना पक्राउ गरेको प्रहरीले बुधवार ६ जनालाई नियन्त्रण लिन सफल भयो। जिल्ला भित्रका बिभिन्न स्थानबाट नियन्त्रण लिएर फरार अभियुक्तलाई अदालत बुझाएको हो। नेपाल भारतको खुला सीमा नाका प्रयोग गरी भारत तर्फ आश्रय स्थल बनाएका फरार अभियुक्त प्रहरी चंगुल फस्ने  गरेको पाइएको छ। अदालत सजाय तोकेका फरार अभियुक्त खुला सीमाको फाइदा उठाएर भारत तर्फ आश्रय स्थल बनाउँदा फरार नियन्त्रणमा लिन सहज छैन। बर्दिया प्रहरीले रणनीतिक योजना अख्तियार गरेसँगै अपराधिक कृयाकलाप विरुद्धमा प्रहरी सफलता पाइरहेको छ। 

सात बर्ष अघि खुकुरी प्रहार गरी हत्या आरोपका अभियुक्त अदालत शौचालयबाट फरार भएका अजिब बुढालाई प्रहरीले पक्राउ गर्न सक्दा प्रहरी प्रतिको विश्वास बढ्दै गएको पाइएको छ। बुढाले अदालतको शौचालय तोडफोड गरेर फरार भएको सात बर्ष पछि प्रहरीले संयन्त्र प्रयोग गरी पुनः नियन्त्रणमा लिएर अदालत बुझाएको छ।अदालतबाट फरार भएका अभियुक्त बुढाका कारण तत्कालीन एसपीको सरुवा भएको थियो। फैसला कार्यान्वयनमा प्राथमिकता दिएकाले प्रहरी  सफल भइरहेको एसपी बिरेन्द्र बहादुर शाही बताए।‘ अदालतबाट फैसला भएका अभियुक्त पक्राउ गर्न प्रहरी लागि परेको छ’उनले भने,‘प्रहरीले अख्तियार गरेको योजना सहितको संयन्त्रले सफलता पाइरहेको छ।’

सीमामा उच्च संयन्त्रको प्रयोगले आपराधिक गतिविधि नियन्त्रण भइरहेको उनले दाबी गरे। उनका अनुसार नेपाल भारतको खुला सीमा हुने गतिविधिमा राजश्व चुहावट,मानव बेचबिखन,नेपालमा अपराध गरेर भारत पस्ने र भारतबाट अपराध गरेर नेपालमा आश्रय स्थल बनाउने विरुद्धमा प्रहरीले अभियान चलाएको छ। सान्ती सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका स्थान पहिचान गरेर तीन किसिमको गस्ती गरिरहेको छ। सादा पोसाक,एम्बुस गस्ती र स्वपिङ अप्रेसनले जिल्लाको शान्ति सुरक्षा चुस्त रहेको एसपी शाहीले दाबी गरे।एम्बुस गस्ती भन्नाले सप्राईज प्रहरी जाँच भएको बुझिन्छ भने स्वीपिङ भन्नाले कुचो लगाएर बडारेजस्तै गरी प्रहरीले गस्ती गर्छन्। प्रहरी भित्रको सामूहिक प्रयासले भइरहेको सफलता सह्रानीय काम भइरहेको उनी बताउँछन्। 

प्रकाशित: ७ माघ २०७९ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App