१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भ्यानको ठक्करबाट महिलाको मृत्यु

इलाम–इलाम नगरपालिका–८ स्थित मेची राजमार्गको गुम्बाडाँडा खण्डमा भ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।  बिहीबार अपराह्न ३ बजेतिर मे. १ ज २३८२ नम्बरको मारुती भ्यानले ठक्कर दिँदा इलाम नगरपालिका–८ की ६६ वर्षीया फूलमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिब्ल्याँटेबाट इलाम बजार आउँदै गरेको भ्यानले पैदल हिँडिरहेकी तामाङलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि तामाङको मृत्यु भएको प्रहरीको भनाइ छ । भ्यान चालक बरबोटे गाविस–२ का रोहन दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित: २७ श्रावण २०७३ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App