६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका वढा नम्बर ९ कपीलधाम स्थित माघी महोत्सव स्थलमा बेलुन फुलाउने ग्यास सिलिन्डर बिस्फोट हुदा एक जना बेलुन व्यापारीको मृत्यु भएको छ।

सोमबार दिउसो साढे ३ बजेतिर अचानक ग्यास सिलिन्डर बिस्फोट हुुदा बागंगा नगरपालिका वडा नम्बर ८ बालापुरका ६५ वर्षिय नासिर मोहोम्मदको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बावु केसीले बताए। 

थारु कल्याणकारी सभाले कपील धाम स्थलमा सोमबार देखि सुरु गरेको माघी महोत्सव स्थलमा ती बेलुन ब्यापारीले बेलुन फुलाउन ग्यास सिलिन्डर चलाइरहेका थिए। घटनामा मृतक ब्यापारीका सहायक सईद पाखिया समेत सामान्य घाइते भएका छन। उनको जितपुर स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घटनको अनुसंधान भईरहेको प्रहरी उपरिक्षक केसीले बताए।  

प्रकाशित: २ माघ २०७९ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App