१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अपराध र तस्करी नियन्त्रणमा कठोर बन्दै सर्लाही प्रहरी

तस्करी, गाँजा खेती नियन्त्रण, लागू औषध ओसारपसार र अन्य अपराधमा बदनाम भएको सर्लाहीको अपराध तथा तस्करी नियन्त्रणमा सर्लाही प्रहरी कठोर बन्दै गएको छ।

जिल्लाको नयाँ प्रहरी प्रमुखमा एसपी नरेश राज सुवेदी हाजिर भएपछि अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको बताइएकाे छ।

गत हप्ता सर्लाही प्रहरी प्रमुखमा हाजिर भएपछि एसपी नरेश राज सुवेदीले दर्जनौँ तस्करलाई तस्करीको सामानसहित पक्राउ गरी भन्सारमा बुझाएका छन्। सर्लाहीमा करिब बिस बिघाभन्दा बढी गाँजा फडानी गरिएको छ। आफू हाजिर भएकै दिनदेखि गाँजा फडानी अभियान संचालन गरिएको एसपी सुवेदीले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा एसपी सुवेदीले अवैध रुपमा सीमा वारपार हुने सामान तस्करीलाई कठोर रुपमा नियन्त्रण गरिने बताए। एसपी सुवेदीले लागू औषधको ओसारपसार तथा गाँजा उत्पादनमा बदनाम सर्लाहीमा लागू औषध सेवनकर्तालाई काउन्सिलिङ गर्ने, ओसारपसारको संजाल भत्काउने, ओसारपसारमा संलग्नलाई पक्राउ गर्ने, गाँजा खेतीलाई नियन्त्रण गर्ने कार्यमा प्रहरी सक्रिय रहेको बताए। लागू औषध कारोबारको केन्द्र सर्लाही बनेकोमा अब झन् कठोरतापूर्वक नियन्त्रण गरिने एसपी सुवेदीको दाबी छ।

गत सात दिनमा सर्लाही प्रहरीले लागू औषध सेवन कर्ता र ओसारपसार गरेको समेत गरी दुई दर्जनभन्दा बढीलाई पक्राउ गरिसकिएको छ। यसै गरी विभिन्न किसिमका तस्कर गरी बिस जनालाई नियन्त्रणमा लिइसकिएको एसपी सुवेदीको भनाइ छ।

यसै गरी कुनै पनि किसिमको तस्करी नहोओस् भनेर प्रहरी पूर्णतया सजग रहेको र तस्करीलाई हर सम्भव नियन्त्रण गर्न प्रहरी सक्रिय रहेकाले तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा सहयोग गर्न एसपी सुवेदीले सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

नेपाल प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध नियन्त्रण हुनुका साथै नेपाल भारत सीमासित जोडिएको हुनाले भन्सार राजस्व र सीमा वारपार अपराध नियन्त्रणको कार्य पनि गर्नु परिरहेको जानकारी दिएका छन्।

तस्करी र लागू औषध कारोबारले समाजमा अन्य किसिमको अपराधलाई पनि बढवा दिएकाले प्रहरी अपराध नियन्त्रणमा सक्रिय रहेको स्पष्ट पारेका छन्।

प्रकाशित: २४ पुस २०७९ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App