१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लहानको मुख्य चोकबाट मोटरसाइकल लुटियो

लहान- लहानको मुख्य चोक तरकारी हटियाबाट शनिबार साँझ मोटरसाइकल लुटिएको छ। दुईजनाको समूहमा मुख छोपेर आएकाहरुले जयप्रकाश यादव चढेको स४प ५०४१ नम्बरको मोटरसाइक लुटेर लगेको हो।

तरकारी किने मोटरसाइकलमा साँचो हाल्ने बितिकै ती समूहले यादवलाई धकेलेर मोटरसाइकल लुटेर दक्षिणतर्फ भागेका थिए। उनीहरुले मलाई धकेलेपछि म भुँइमा लडे माबाइल पनि भुँइमा बजारियो यादवले भने, ‘उठ्दासम्म उनीहरु मोटरसाइकल लिएर भागिसकेको थिए।’

मोटरसाइकल लुटिएको स्थानबाट २० मिटरको दूरी सहिद पार्कको उत्तर र दक्षिण ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तायनाथ थियो। मोटरसाइकल लुटिएको घटनाबारे लहान प्रहरीका इन्सपेक्टर कबिर प्रधानलाई तत्कालै जानकारी गराइएपनि मोटरसाइकलबारे सुराक हात लागेको छैन।

उनले भने- खोजी हुँदैछ। मोटरसाइकल लुटिएको स्थान लहानको मुख्य चहलपहल हुने ठाउँ हो। दुई साता अगाडि पनि लहानबाट दुई वटा मोटरसाईकल चोरी भैसकेको छ। यो मोटरसाइकल हालसम्म बरामद भएको छैन।'

 

 

प्रकाशित: २ श्रावण २०७३ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App