१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भ्रष्टाराचारी खोज्दै विप्लव माओवादी

जुम्ला– विप्लव नेतृत्वको नेकपा माओवादी जुम्लाले भ्रष्टचारी खोज्ने अभियानलाई तीव्रता दिइएको जनाएको छ। असारे विकासका क्रममा ठूलो आर्थिक अनियमितता हुने गरेको भन्दै गाउँ गाउँमा भ्रष्टचार विरोधी अभियानलाई तीव्रता दिइएको छ।

जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही प्रभाजितले भ्रष्टचारीहरुको अभिलेखकीकरण भइरहेको जानकारी दिए। उनले भने विकासमा भइरहेको अनियमिता बारे उपभोक्ता समिति र स्थानीयसँग समझदारी गर्दै अघि बढेका छौं।
अधिकांश योजना निर्माणमा व्यापक भ्रष्टचार भइरहेको भन्दै उनले भने तथ्यांक संकलन पछि जुम्लामै नभएका कारवाही अघि बढाउने तयारी थालेका छौं।

अहिले योजनाको लागतबारे  जानकारी लिने र फोटो खिचेर प्रमाण संकलनको कार्य भइरहेको छ। अहिले विप्लव माओवादी गाउँ गाउँमा खटिएको छ। भेरी–कर्णाली प्रदेशका सभामुख चन्द्रवीर तिरुवा रविकिरणको टोली गाउँमा खटिएको भन्दै अबको एक दुई हप्ता भित्रै नतिजा सार्वजनिक हुने उनले बताए।  

विकास निर्माणका कार्यमा भइरहेको अनियमितता बारे कसैले चासो नलिएको भन्दै आफूहरुले कडाइका साथ लिएको उनको भनाइ छ। उनले गाउँमा सैन्य तालिम भइरहेको समेत सुनाए। कहाँ भइरहेको छ भन्नेबारे केही खुलाएनन्। असारे विकास गर्ने नाममा विकासे कार्यालयका कर्मचारी, ठेकेदार र उपभोक्ता समितिका अध्यक्षलगायतको मिलोमतोमा ठूलो घोटला भएको उनले बताए।  

 

प्रकाशित: ३१ असार २०७३ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App