१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तमोरको ताल फुट्ने सम्भावना छैन: अध्यान टोली

ताप्लेजुङ- तमोर नदी थुनिएर ताप्लेजुङको सावादिन गाविसमा बनेको ताल तत्काल फुट्ने सम्भावना नरहेको स्थानीय अध्यन टोलीले निश्कर्ष निकालेको छ। उसले यहि अवस्थामा ताल फुटेर तमोर नदी किनारका बस्तीमा क्षति गर्ने संभावना नरहेको समेत औंल्याएको छ।

ताल फुटेर हुने जोखिमको तात्कालिक अवस्था बिश्लेषण गर्न बुधवार ताल बनेको स्थल सम्म पुगेको टोलीले त्यहाँको बिस्तृत अध्ययन पछि यस्तो निचोड निकालेको हो। टोली संयोजक एवम् जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतम क्षेत्रमा चट्टानी भाग रहेकोले यहि अवस्थामा ताल फुट्ने खतरा नरहेको टोलीको निश्कर्ष सुनाए। उनले ताल बनेको स्थलको सावादिन गाविस तर्फको पुरै भाग र फुरुम्बु गाविस तर्फको पनि धेरै चट्टानले घेरिएकोले अध्ययन टोली यहि अवस्थामा ताल फुट्दैन भन्ने निचोडमा पुगेको जानकारी दिए । ताल बनेको क्षेत्रको प्रकृति हेर्दा नदीको पानी फेरी त्यहाँ जम्मा हुने संभावना ज्यादै कम रहेको कुँवरको भनाई छ। टोली सदस्य तथा जिल्ला रेडक्रसका सभापति गणेश अधिकारीले तत्कालै ताल फुट्ने संभवना नरहेको भन्दै तटिय क्षेत्रका बासिन्दाले आत्तिई हाल्नुपर्ने अवस्था नरहेको जानकारी दिए।‘धेरै आत्तिनुपर्ने अवस्था देखिएन, तर सजग र सतर्क चाँही बन्नु पर्छ’ताल बनेको क्षेत्र भन्दा तलका नदी किनारका बासिन्दा प्रति लक्षित गर्दै अधिकारीले भने। उनका अनुसार तालको अवस्था र यसबाट हुने संभावित जोखिम बुझ्न ताल बनेको स्थलबाट सबैभन्दा नजिकका दुई बस्ती क्रमशःदोभान र हान्द्रुङका १० घर परिवार समेत त्यहाँ पुगेका थिए। अधिकारीले तालको अवस्था नियालेपछि दोभान र हान्द्रुङका बासिन्दाले समेत तत्काल आत्तिई हाल्नुपर्ने अवस्था नरहेको बताएको जानकारी दिए।

 ताल बनेको क्षेत्र भन्दा तल रहेका तमोर नदी किनारका बस्तीका बासिन्दाले ताल फुटेर जोखिम बढ्ने भय दर्शाएपछि जिल्ला बिपद् व्यवस्थापन समितिले मंगलवार प्राविधिक टोली बनाएर जोखिम क्षेत्रमा पठाएको थियो । टोली संयोजक कुवँरले आकासको पानी बाहेक तालमा थप पानी जम्मा हुने अवस्था नरहेको जानकारी दिए ।

टोलीमा ईञ्जिनियर,प्राविधिक, रेडक्रसकर्मी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी वलका प्राविधिक अधिकृत सामेल थिए । यहाँका निमित्त सिडियो सुरेन्द्र भट्टराईले अध्यन समितिले तत्कालै तालबाट थप भय नहुने प्रारम्भिक नतिजा आफुलाई दिएको जानकारी दिए। उनले नआत्तिन तर सर्तक रहन सबैलाई आग्रह गरेका छन् । अध्यन टोलीले तालको पानीलाई तत्कालै बगाउने अवस्था नरहेको समेत बताएको छ। टोली संयोजक कुँवरले तत्कालै ताललाई बिस्फोट गराएर पानी नदीमा बगाउने अवस्था नरहेको र यसैबाट मात्रै थप जोखिम नबढ्ने जानकारी दिए। यसअघि तालको लम्बाई ५ सय मिटर रहेको अनुमान गरिदै आएकोमा अध्ययन टोलीले लम्बाई साढे तीनसय मिटर मात्र भएको बताएको छ। संयोजक कुवँरले १ सय २० मिटर चौडाई र १५ मिटर गहिराईका आधारमा तालमा अनुमानित ६ लाख ३० हजार घन मिटर पानी जम्मा भएको हुन सक्ने बताए। यसअघि १५ लाख घनमिटर पानी रहेको अनुमान गरिदै आएको थियो।

 

प्रकाशित: २९ असार २०७३ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App