७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सफल:रबिना थापा

गैर आवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न  सफल भएको जानकारी दिएकी छिन्।वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरी एक दशक भन्दा बढी समयदेखि संघले गर्दै आएको पहलले सार्थकता पाएको उनले बताइन।  

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संघले लगातार नेपाल सरकार र सम्बन्धित निकायसंग गरेको पहलले मूर्तरूप लिएका जानकारी दिइन।  आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारी हुने उनको  भनाइ  छ। संघले सरकारसंग  विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो। सरकारले कार्यविधि ल्याएसंगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रूपमा जोडिन बाटो खुलेको  भन्दै थापाले सरकारले गरेको यो निर्णयले विदेशमा रहेका श्रमिकलाई  राहत मिलेको बताइन।  

अध्यक्ष थापाले भनिन , “संघकै तर्फबाट पटक पटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो। त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौँ।“हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसंग संघले सहकार्य समेत गरिरहेको  भन्दै अध्यक्ष थापाले आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरी यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्ने बताइन। कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा बस्ने नेपालीलाई योगदानमा आधारित कोषमा आवद्व हुन  गरे।  

 कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएको निरन्तर  सहकार्य र पहलको लागि धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि आग्रह गरे। 

प्रकाशित: ६ पुस २०७९ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App