७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सडक दुर्घटना र आत्महत्या घटाउने मूल मुद्दा लिएर इन्जिनियर किरण केसी चुनावी मैदानमा

चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो तीव्र पारेका छन्। चोक-चोकमा घरदैलोहरुको जम्काभेट भैरहेको छ। दल, स्वतन्त्र र बागी उम्मेदवारहरु गरेर यसपाली धेरै घरदैलोमा देखा परेका छन्। यसपालिको चुनाव धेरै स्वतन्त्र र बागीहरुका कारण पनि रोचक बनेको छ।

यस्तै काठमाडौँ ७ मा पनि चुनावी माहोल तातेको छ। पूर्वसांसद रामवीर मानन्धरले नेकपा (एमाले)बाट टिकट नपाएर स्वतन्त्र उठेपछि झन् काठमाडौँ ७ मा रोचक बनेको छ। काठमाडौँ ७ मा श्याम घिमिरे एमालेबाट, रामवीर मानन्धर स्वतन्त्र बाट, मानुषी यमी पाँच दलीय गठबन्धनबाट उठेका छन्।

त्यहाँका स्वतन्त्र उम्मेदवार इन्जिनियर किरण केसीले चाहिँ घरदैलो सकेका छन्। उनले २ महिनाअघि नै घरदैलो सुरु गरेका थिए। तुलनात्मक रुपमा काठमाडाैँ ७ को भूगोल ठूलो मानिन्छ। ६१ हजार मतदाता रहेको काठमाडौँ ७ मा किरण केसी  क्रस खुकुरी चुनाव चिन्ह लिएर मतदानमा छन्।

न्यूनतम तलब बढाइनु पर्ने, १५/१५ दिनमा तलब दिइनुपर्ने, साना-साना उद्यमीलाई कर छुट गर्नुपर्ने, सबै सरकारी स्कुलमा मन्टेश्वरी खोल्नुपर्ने, स्वास्थ्यकर्मीको सेवा सुविधा बढाउनुपर्नेलगायत मूल मुद्दा बोकेर उनी चुनावमा होमिएका छन्।

काठमाडौँ ७ मा श्याम घिमिरे एमालेबाट, रामवीर मानन्धर स्वतन्त्रबाट, मानुषी यमी पाँच दलीय गठबन्धन बाट उठेका छन्। २८ वर्षे इन्जिनियर किरण केसी २५ हजार मत ल्याएर जित्ने बताउँछन्।

प्रकाशित: २० कार्तिक २०७९ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App