४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोइरालाको स्वास्थ्य सामान्य

चुनावी प्रचार-प्रसारमा रहेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला एक्कासि बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। आइतबार दिउँसो नवलपुरको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएपछि चितवनको पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ।

नवलपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका कोइराला चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेहोस भएर ढलेका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। ‘सबै रिपोर्ट राम्रो छ। उहाँ स्वस्थ नै हुनुहुन्छ’, अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा पौडेलले भने, ‘उहाँलाई भोलि डिस्चार्ज गर्दछौं।’ कोइराला यस क्षेत्रबाट दुई पटक निर्वाचित सांसद हुन्।

प्रकाशित: १४ कार्तिक २०७९ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App