१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जोशीको निधनले स्तब्ध बनाएको छ: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन्।

आइतबार बिहान एक विज्ञप्ति जारी गरी उनले जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।

दाहालले नेपाल सरकार, नेपाली जनताले उनको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास व्यक्त गरेका छन्।

नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाइ स्थापित गर्न उनले गरेको योगदानको स्मरणीय रहने बताएका छन्।

संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो।

प्रकाशित: ३० आश्विन २०७९ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App