५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे निर्विरोध

मनाङको प्रदेशसभा २ बाट उम्मेदवार दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे उर्फ राजीव गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

सो क्षेत्रबाट  दोर्जे लामा गुरुङ र दीपक मनाङ्गे दुवैले  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। मनाङ्गेलाई सत्ता गठबन्धन र नेकपा एमालेको समर्थन रहेको थियो। 

मनाङ्गेले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उनी विरुद्ध उम्मेदवारी दिएन।

मनाङ्गे २०७४ मा एमालेले समर्थनमा स्वतन्त्रबाट चुनाव जितेका थिए।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा उनी खेलकुद मन्त्री भएका थिए। पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिए। उनैको समर्थनमा बनेको कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा उनी युवा तथा खेलमन्त्री  बन्न सफल भएका थिए।

प्रकाशित: २६ आश्विन २०७९ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App