निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक मंगलबार दिउँसो ३ बजे मात्र बस्ने भएको छ।
यसअघि सोमबार बिहानदेखि रातिसम्म बसेको बैठकले सहमति गर्न सकेको थिएन। त्यसैले मंगलबार बिहान ८ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको थियो। तर तीन बजेभन्दा पहिला दुईपक्षीय मात्र छलफल हुने र तीन बजे गठबन्धनको बस्ने छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ।
प्रकाशित: १८ आश्विन २०७९ ०७:१३ मंगलबार