६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

वैज्ञानिक शिक्षामा जोड दिनुपर्छः पूर्वमन्त्री शेर्पा

पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले शिक्षाको चेतनाले मानिसलाई सही मार्गमा हिडाउने बताएका छन्। राज्यले शैक्षिक उन्नतिका लागि गरेको खर्च अनुसार प्रतिफल प्राप्त नभएको तर शैक्षिक जागरण ल्याउने र चेतनशील जनशक्ति उत्पादन गरिरहेको बताएका हुन्।  

पासाङ ल्हामु शेर्पा मेमोरियल कलेजले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्व पर्यटन मन्त्री शेर्पाले शैक्षिक वेरोजगार बढिरहेको र यसको अन्त्यका लागि विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका हुन्।  ‘सरकारले शैक्षिक वेरोजगार उत्पादन गर्ने होइन, वैज्ञानिक र प्राविधिक आजको आवश्यकता हो भन्ने कुरालाई ध्यानु पर्छ,’पूर्व पर्यटनमन्त्री शेर्पाले भने।  

कलेज व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शेर्पाले कलेजले आयोजना गरेका आन्तरिक खेलकुद प्रतियोगीताका विजेता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेका थिए।  

कार्यक्रममा क्याम्पस प्रमुख दुर्गा लिम्बूले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजले दिनसक्ने सुविधामा कुनै पनि प्रकारको कन्जुस्याई नहुने बताएका थिए। उनले विगतमा कलेजबाट उत्कृष्ट भएका विद्यार्थीहरु राज्यको विभिन्न तहमा रहेको र सामाजिक क्षेत्रमा क्रियाशील रहेको उदाहरण दिदै कलेजले विद्यार्थीको शैक्षिक उन्नयनका लागि योजनागत रुपमा कार्यक्रम बनाएर अघि बढेको समेत बताएका थिए। कार्यक्रममा कलेजका प्राध्यापक डा। गणेश घिमिरे र पूर्वा शेर्पाले पनि कलेजको शैक्षिक वातावरण र कलेज प्रदान गर्दै आएको शैक्षिक गतिविधिबारे धारणा राखेका थिए।  

दशैको शुभकामना आदान प्रदान कार्यक्रममा नयाँ विद्यार्थीहरुको स्वागत र पुराना विद्यार्थीहरुलाई विदाई गर्ने क्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु गरेका थिए। सांस्कृतिक कार्यक्रममा विभिन्न तहका छात्र छात्राहरुले आफ्नो कला प्रस्तुत गरेका थिए।

प्रकाशित: ८ आश्विन २०७९ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App