६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

आज पनि टुकुचा उत्खनन् गर्दै महानगर

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ।

महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो।

महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो। अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ।

उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राखेको छ।

प्रकाशित: ३ आश्विन २०७९ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App